एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

    • भदौ १, २०८०
    • १८२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १ भदौ। गत वर्ष रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब नाघेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो।

    केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष रेमिट्यान्स ४।८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष २.२ प्रतिशतले बढेको थियो।

    समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ।

    अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ।

    अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल