सिरहा, ३२ साउन। नेपाल सरकारका अर्थ मन्त्री डाक्टर प्रकाश सरण महतले शिक्षा र स्वास्थ्यमा सवै जनताको पहुँच पुर्याउने उदेश्य रहेको बताएको छ। नपाली काँग्रेसका नेता समेत रहेका मन्त्री महतले सिरहाको गोलबजारमा पार्टीको १० दिने आन्तरिक संगठन विस्तार अभियानको समापन समारोहलाई सम्वोधन गर्दै अव कसैको छोरा छोरी विद्यालय जान नपाउने र उपचार नपाउने अवस्था नरहने बताको हो।

मन्त्री महतले कुनै पनि वर्ग समुदा शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनु नपर्ने बताए। उनले भने, ‘अव हामी कसैको पनि बालबच्चा पढ्न पाएन भन्ने अवस्था रहन्न, स्वास्थ्यमा सवैको पहुँच हुन्छ। त्यसको लागि सरकारलाई पार्टीको पनि सहयोग जरुरी छ।’

स्थानीय नेता कार्यकर्ताले मधेशमा कम बजेट पठाएको विषयमा उनले यो पटक बजेटको आकार सानो भएकोले देशैभरी सोही अनुपातमा बजेट गएको बताए। उनले भने, ‘मधेश प्रदेशमा बजेट दिएन छ भन्ने तपाईहरुलाई लागेको होला, त्यस्तो केही होइन। यो पटक राजस्व कम उठेकाले बजेट सानो आकारको बजेकोले सवैतिर सवैतिरको बजेट यस्तै हो।’

मन्त्री महतले सरकारले राजस्व बढाउने प्रवन्ध मिलाएको बताउँदै भने, ‘हामी राजश्व बढाउने बपन्दध मिलाउँदै छौं। आर्थिक गतिविधि पनि बढि रहेको छ। पर्यटकहरु आउन थालेका छन्। विदेशबाट आउने रेमिट्यान्स पनि बढेको छ।’
हामीले विकास विनियोजन तथा बजेट विनियोजनमा क्षेत्र, समूदाय वा पार्टीको आधारमा नछुट्याएको जिकिर गरे। उनले भने, हामीले यहाँको जनताले हामीलाई भोट दिएन, यो क्षेत्र हाम्रो होइन भनेर कहिल्यै विभेद गर्दैनौं, गरेनौ पनि।’

मन्तव्यकै क्रममा मन्त्री महतले नयाँ पार्टीहरुप्रति व्यग्य कस्दै हामी ‘अनटेष्टेड पार्टी हौइनौ, टेष्टेड हौ, हामी परिचित पार्टी छा्रंैै। अपठ्यारो–सप्ठ्यारोमा हामी भागदैनौं। भोली लोकतन्त्र अप्ठेरोमा पर्योभने हामी नै त्यसको सामना गछौं।’

उनले नेपाली काँग्रेस सदावाहार पार्टी भएको बताए। मन्त्री महतले भने, ‘समय परिस्थिति अनुसार हामी कहिले तल भयौं भनेर आत्तिदैनौं, माथि पर्यौं भनेर मात्ति दैनौं। हामी नेपाली काँग्रेस हुनुमा गर्व गरौं।’

पार्टीभित्रकै मतभेदका कारण नेपाली काग्रेस पछाडी परेको बताउँदै मन्त्री महतले ‘साथीहरुसँग मतभेद भएपनि पार्टीको साथी हो, मरो काम नगरेपनि पार्टीकै काम गर्छ भन्ने सोचेर भोट हाल्नु पर्छ।

उनले भने, ‘एक पटक एउटाले टिकट पाउ“छ। तपाई भोट हाल्नु हुन्न, अर्को पटक तपाईले टिकट पाउँ अकाले भोट हाल्दैन, यस्तो अवस्था रहे नेपाली का“ग्रेले कहिल्यै जित्दैन। त्यसैले एकले अर्कालाई सहयोग गर्नुको विकल्प छैन। एकताबद्ध भएर हिड्नुको विकल्प छैन।’

पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा केन्द्र, प्रदेश तथा जिल्लाका विभिन्न तहका नेता कार्यकर्ताको सहभागीता रहेको थियो।