मिर्चैया खानेपानि संस्थाका पाले कुर्मि हत्या अभियोगमा दुई युवक पक्राउ

    • श्रावण २८, २०८०
    • ५५५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २८ साउन। मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन्।

    मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ विहान सरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएको थियो।

    प्रहरीले घटनास्थल नजीकै मिर्चैया नगरपालिका ६ जिवा टोलस्थित ज्ञानी केसीको आँप बगैचामा भेटिएको रगत लागेको हाफ सर्ट र जिन्सको हाफ पाईन्ट, मिर्चैया ५ का दिपक सदाको सीडीआर विवरण र घटनास्थलको वीटीएस डाटाकोआधार र मिसिल÷प्रतिवेदन प्रतिवेदनको आधार उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

    प्रहरीले चोरी गर्ने उदेश्यले त्यहाँ पुगेका युवकहरुले हत्या गरेको बताएको छ।
    पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरिहेको जनाएको छ।

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल