काठमाडौंबाटै ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ

    • श्रावण २६, २०८०
    • ३८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २६ साउन। प्रहरीले काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेका छन्। काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई गराएको हो।

    नक्कली नोटको कारोबारमा प्रहरीले सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली नियन्त्रणमा लिएका छन्।

    साउन २५ गते बिहीबार लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

    त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपियाँ हजार दरका नक्कली नोट बरामद गरिएको थियो।

    एसएसपी कार्कीले भने, ‘‘उनीहरुबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरिएको छ। उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ।’

    सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो।

    प्रहरीेले घटनाबारे थप अनुसन्धान भईरहेको र पक्राउपरेकाहरुलाई मुद्रा कसुर अन्तर्गत मुद्दा चलाइने जनाएको छ।

    arnama

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल