गोलबजारबाट ६७ बोरा मल बरामद

    • श्रावण २२, २०८०
    • ४२३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २२ साउन। ईलाका प्रहरी कार्यालय गोलबजारले स्थानीय ममता एग्रोभेटमा विक्रिको लागि राखिएको ६७ बोरा मल (खाद) बरामद गरेको छ।

    जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशन र स्थानीय किसानले महगो मूल्यमा मल बेचविखन गरेको गुनासो पछि प्रहरीले ५६ बोरा डिएपी र १२ बोरा युरिया मल बरामद भएको हो।

    ममता एग्रोभेटको गोदाम खान तलास गर्दा अवैधरुपमा मल ल्याई बेचविखन गरिरहेको फेला परेपछि गोदाम शिल गरेको प्रहरीले जनाए।

    प्रहरीका अनुसार एग्रोभेटका संचालक महेन्द्र यादवलाई आवश्यक प्रकृयाकालागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ।

    जिल्लाका एग्रोभेट व्यवसायीहरुले साल्ट ट्रेनिकका कर्मचारी र कृषि सहकारी संस्थाहरुसँगको सेटिङ्गमा सहुलिएत दरको मल लिने गरेका छन्। सेटिङ्गमा खरिद गरेको मल व्यसायीले मनपर्दी मूल्यमा बेच्ने गरेको किसानहरुको कुनासो छ।

    अहिले प्रति केजी २० रुपैयाँमा विक्ने युरिया ३५/४० रुपैयाँ सम्म र ५० रुपैयाँ प्रतिकेजी पाइने डीएपी ६० रुपैयाँभन्दा बढीमूल्यमा एग्रोभेट व्यसायीहरुले बेच्ने गरेको किसानहरु बताउँछन्।

    जिल्लाका प्रत्यक पालिकाले तोकेको कृषि सहकारी संस्थाहरु मर्फत किसानलाई मल बेच्ने जिम्मा दिएको भएपनि उनीहरुले सेटिङ्गमा व्यापारीलाई मल बेच्ने गरेको छ।

    एग्रोभेटका संचालन महेन्द्र यादवले सहकारी र ब्लेकियाहरुसँग मल खरिद गरेको स्वीकारेका छन्।

    किसानले सहज रुपमा नपाउने मलमा व्यसायीको भने रजगज चल्दै आएको छ।

    361363286_6108001529308303_7825561886409034214_n

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल