कैद सजाय पाएका यादव प्रदेश सभा सदस्य !

    • श्रावण २१, २०८०
    • ३९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • ललिता साह

    सप्तरी, २१ साउन। सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित अनिरुद्धसिंह यादव तीन तहका अदालतबाट दोषी ठहर भई चार वर्ष जेल सजाय तोकिएका व्यक्ति रहेको रहस्य खुलेको छ।

    गोविन्द चौधरीको हत्या अभियोगमा यादव अदालतबाट दोषी ठहर भएको हो । कैद सजाय भुक्तान नभएकाले सांसद यादव अदालतको फरार सूचीमा छन्। स्वतन्त्र उम्मेदवार भई २०७१ सालमै प्रदेश सांसदमा निर्वाचित भएपछि दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो ।

    यस्तै उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो भने सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला तथा उच्च अदालतको फैसलालाई नै सदर गरेको थियो ।

    यादवकै निर्देशनमा साविकको बोदेबरसाइन गाविस–४ बाट विस २०६४ असार ९ गते सप्तरीको खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रणमा लिई नेङ्गडा गाविस–५, बैरिया टोलमा पुर्याई गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ । चौधरीको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ।

    उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा उपस्थित नै नभए फरार रहेका थिए । अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको छैन । यादव २०७९ मङ्सिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएको हो । फरारको सूचीमा रहेका यादवलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीय रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिनुभएको थियो।

    प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवले अदालतको फैसलाका विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । “मलाई कुनै जानकारी छैन, अहिले कुनै प्रतिव्रिmया दिन मिल्दैन,” उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कार्कीले अदालतको आदेश कार्यान्वयन गर्न प्रहरी प्रतिबद्ध रहेको बताउँदै देशको कानुन सबैको हकमा बराबर लागु हुने बताउनुभयो।
    –गोरखापत्रबाट।

    361363286_6108001529308303_7825561886409034214_n

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल