मासुमा आत्म निर्भर बनाउन मिर्चैया नगरपालिकाद्वारा एक सय बाख्रा वितरण

    • साउन १८, २०८०
    • ८६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सरोज कुमार पासमान

    मिर्चैैया, १८ साउन। सिरहाको मिर्चैया नगरपालिकाले नगरपालिकालाई मासु उत्पादनमा आत्म निर्भर बनाउनका लागि लक्षित समुहलाई बाख्रा वितरण गरेको छ। मिर्चैया नगरपालिकाले बिहिवार नयाँ बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत तिनवटा समुहका ५० किसानलाई दुइ वटाका दरले बाख्रा एक सय बाख्रा हस्तान्तरण गरेको हो।

    मिर्चैया नगरपालिकाको आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारहरुलाई आर्थिक अवस्था सुधार गर्न, स्वरोजगार सृजना गर्न र नगरपालिकालाई मासु उत्पादनमा समेत आत्म निर्भर बनाउनका लागि बाख्रा हस्तान्तरण कार्यक्रम गरिएको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवले बताए।

    मिर्चैया नगरपालिकालाई चौतर्फी विकास गर्नका लागि सडक र भौतिक निर्माणका कार्यले मात्र हुँदैन समाजको आर्थिक विकासका कार्यहरु समेत आवश्यक रहेकाले बाख्रा पालनमा आफुहरुले जोड दिएको मेयर यादवले बताए।

    स्थानिय सरकारको ६ औं वर्षमा पहिलो पटक नगरपालिकाबाट दुई ओटा बाख्रा पाउँदा आफु खुसिले गदगद भएको मिर्चैया नगरपालिका ५ वस्ने चन्द्रकला देवी महराले सुनाइन्। उनले भनिन्, ‘ नगरपालिकामा केहि वितरण भएपछि हामीलाई केही जानकारी दिदैन, ६ वर्षमा यसपाली एकै पटक दुइ ओटा बाख्रा पाए निकै खुसि छु, घरको आर्थिक अवस्था यसले सुधार हुन्छ भन्ने विश्वास लिएको छु यसलाई दुई बाट ४ बनाएर उचित मोलमा बिक्रि गर्ने योजना छ।’

    दिनभरि घरमा वसेर अरुकै कुरा सुनेर कुरा काटेर दिन बिताइ रहेको अवस्था थियो तर, मिर्चैया नगरपालिकाले दुई ओटा बाख्रा दिएपछि यसैमा आफु र घर परिवारका अन्य सदस्य पनि व्यस्त भएको मिर्चैया नगरपालिका वडा नम्वर ५ कि पारवती कुमारी चौधरीले बताइन्। उनले भनिन्, ‘घरमा पाँच जनाको परिवार छ तर, आमदानी आउने कुनै ठोस श्रोत छैन्। कहिले काही पैसाको निकै खाचो भएको हुन्छ अनि हातमा पैसा नभएपछि कस्तो अपठ्यारो हुन्छ। अब त्यस्तो हुदैन नगरपालिकाबाट प्राप्त भएको बाख्रालाई बृद्धि गर्दै आर्थिक समस्या पनि समाधान गर्न बाख्रा पालनमा जोड दिन्छु।’
    बाख्रा हस्तान्तरण नगरपालिकाको उदाहरणिय कार्य भएको र समुहको दश प्रतिशत रनगरपालिकाको ९० प्रतिशत लगानीमा बाख्रा खरिद वितरण भएको चौधरीले जानकारी दिए।

    मिर्चैया नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको बाख्रा हस्तान्तरण कार्यक्रममा माँ गौरी महिला बाख्रा पालन समुह मिर्चैया नगरपालिका ५ का १५ जना किसान, जितमहान बाख्रा पालन समुह मिर्चैया नगरपालिका ६ का १० जना किसान र प्रगतिशिल बाख्रा पालन समुह मिर्चैया नगरपालिका ३ का २५ जना किसानलाई जमुनापारी, खरी, बोयरक्रसलागत उन्नत जातको बाख्रा वितरण गरेको शाखा प्रमुख नागेश्वर हाथीले जानकारी दिए।

    आर्थिक वर्ष २०७९।०८० मा नयाँ बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत रहेको १० लाख विनियोजन रकमले बाख्रा हस्तान्तरण कार्यक्रम गरिएको शाखा प्रमुख हाथीले जानकारी दिए।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल