सिरहा, १६ साउन। धनगढीमाई नगरलिकाका स्थानीयले विभिन्न पाँच सुत्रिय माँगसहित नगर प्रमुख शिवशंकर महतोलाई ज्ञापन पत्र बुझाएका छन्।

भ्रष्टाचारमा संलग्न प्रमुख प्रशासकीय अधिकृत र लेखा खधिकृतको निलम्वन, लोकसेवा तयारी कक्षा, सिलाई कटाई लगायतका तालिमको पारदर्शी र निष्पक्ष छानविन, सम्पूर्ण सेवाप्रदायक र परामर्शदाताहरुसँग भएको सम्झौता र खर्च विवरण सार्वजनिक, ग्राभेल उत्खननको नाममा भईरहेको प्राकृतिक दोहन तत्काल बन्द र दैनिक खर्चको विवरण वेवसाइटमा राख्ने व्यवस्था गर्न माँग गँर्दै भष्टाचार विरुद्ध नागरिक संघर्ष समितिले आज मंगलबार नगर प्रमुख महतोलाई ज्ञापनपत्र बुझाएका हुन्।

आफ्ना सम्पूर्ण मागहरु आगामी २० गतेभित्र पुरा नगरे नगरपालिकामा तालावन्दी गर्ने चेतावनी उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ।
ज्ञापन पत्र बुझ्दै मेयर महतोले यस विषयमा अख्तियारले पनि छानविन गरिरहेको र स्थानीय स्तरमा पनि कुरा उठेकोले जनप्रतिनिधीको छुट्टै छानविन समिति गठनगरी दोषीदेखिएकाहरु मथि कार्वाहीको दायरमा ल्याउने प्रतिबद्धता जनाए।

लोकसेवा तयारी कक्षा, सिलाईकटाई, व्यूटीसियन र हाउस वायरिङ्ग तालिममा प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले र लेखा अधिकृत पुरुषेतम कुमार प्रसादले सेवाप्रदायक संस्थासँगको मिलेमत्तोमा व्यापक भ्रष्टाचार गरेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ।

गौरीमक्त होटल मेनेजमेन्ट एण्ड टेक्नोजोली ट्रेनिङ्ग प्रा.लि. विराटनले चलाएको नायव सुब्बा र खरिदारको तयारी कक्षा तालिममा १३० जनाको फर्जि विल, भर्पाई बनाएर दुवैको कक्षा एकैठाउँमा चलाएको प्रमुख प्रशासकिय अधिकृत आफैले स्वीकार गरेको भ्रष्टाचार विरोधी नागरिक संघर्ष समितिका संयोजक योगेक सिंहद्वारा हस्ताक्षर गरीएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।

नरपालिकाले ६५ जना नायव सुब्बा र ६५ जना खरिदारको लोकसेवा तयारी कक्षाको जिम्मा गौरीमक्त होटल मेनेजमेन्ट एण्ड टेक्नोजोली ट्रेनिङ्ग प्रा.लि. विराटनरलाई दिएको थियो। उनीहरुले नियमित सवै विद्यार्थी नआएको र आएपनि सवैले एकैठाउ बसेर पढ्ने भनेपछि सँगै राखेर बढाएको बताएको छ।

खरिदार र नायव सुक्काको लेक सेवा तयारी कक्षाको लागि नगरपालिकाले सेवाप्रदायक संस्था गौरीमक्त होटल मेनेजमेन्ट एण्ड टेक्नोजोली ट्रेनिङ्ग प्रा.लि. विराटनगरलाई भ्याटसहित ३२ लाख ८१ हजार ५२० रुपैयाँ भुक्तानी दिएको छ। यसमा व्यापक अनियमितता भएको संघर्ष समितिको आरोप रहेको छ।

भ्रष्टाचारको समाचार विभिन्न संचार माध्यममा आएपछि र स्थानीयको दावाव पछि ११ लाख रकम सेवाप्रदक संस्थाबाट नगरपालिकामा फिर्ता आउनु स्वागत योग्य भएपनि यसैको नाममा भ्रष्टहरुलाई यसैको नाममा उन्मुक्ति नदिन ज्ञापन पत्र मार्फत चेतावनी दिएका दिएको छ।

ज्ञापन पत्रमा भनिएको छ, ‘आम नागरिकको भ्रष्टाचार विरोधी अभियानले भ्रष्टहरुले बाँढीचुडी खाएको ११ लाख भन्दा बढी रकम नगरपालिकामा फिर्ता हुन आउनु स्वागत योग्य भए पनि रकम फिर्ता गरेकै भरमा भष्टहरुलाई उन्मुक्ति दिने दुस्साहस कोही कतैबाट नहोस्।’

उनीहरुले नगरले नगर प्रमुखको नेतृत्वमा भ्रष्टाचारमा नाम मुछिएकाहरुलाई नै राखेर बनाएको छानविन समिति मान्य नहुने भन्दै निश्पक्ष र स्वतन्त्र छानविन समितिको माँग गरेको छ।

ज्ञापनपत्र बुझाउन जिरोमाईल चौकबाट दुईसयभन्दा बढीको संख्यामा युवाहरु कालोपट्टी बाधेर नारा जुलुससहित प्रशासकिय भवन पुगेका थिए। युवाहरुलाई भित्र जान रोक लगाएपछि मेयर महतोलाई तलै तलै बोलाएर ज्ञापन पत्र बुझाएका थिए। जुलुसमा जनप्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो।

DANAPA 1620 DANAPA 163 DANAPA 40 DANAPA 50