पाकिस्तानमा इस्लामवादी राजनीतिक ¥यालीमा विस्फोट, कैयौँको ज्यान गयो

    • श्रावण १४, २०८०
    • २५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको ¥यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ।

    उत्तर पश्चिम बाजौर जिल्लाको खार तहसिल इलाकामा भएको सो विस्फोटनमा कम्तीमा ३५ जनाको मृत्यु भएको र कम्तीमा २०० जना घाइते भएको विवरण आएको छ।

    विस्फोटन भएको स्थानमा जमीयत उलेमा–ए–इस्लाम–फज्ल(जेयूआई)ले एउटा बैठक आयोजना गरिरहेको थियो।

    अधिकारीहरूले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र उनीहरूले मृतकको सङ्ख्या अझ बढ्नसक्ने चेतावनी दिएका छन्।

    अधिकारीहरू के भन्छन्?

    bbc 1

    घाइतेहरूको उद्धार अभियान जारी छ। प्रहरीले विस्फोटनको कारणबारे केही खुलाएको छैन।

    स्थानीय टेलिभिजनहरूमा प्रसारित दृश्यहरूमा एम्बुलेन्सले आदिवासीहरूको बसोबास रहेको बाजौर जिल्लास्थित अस्पतालमा बिरामीहरू ओसारिरहेको देख्न सकिन्छ।

    उक्त क्षेत्र पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा पर्छ जुन अफगानिस्तानको सीमा नजिकै छ।

    अस्पतालहरूमा मानिसहरूको घुइँचो छ र कतिपय घाइतेहरूले उपचार प्राप्त गर्न नसकिरहेका विवरण आएका छन्।

    अधिकारीहरूले जिल्लाको सरकारी अस्पतालमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेका छन्।

    स्थानीय अधिकारीहरूले जेयूआईका एक जना क्षेत्रीय नेता मौलाना जीयाउल्लाह मारिएको बताएका छन्।

    पाकिस्तानका प्रधानमन्त्रीले घटनाको निन्दा गर्दै हमलाको जाँचका लागि निर्देशन दिएका छन्।

    उनले उक्त विस्फोटनका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ‘आतङ्कवादीहरू पाकिस्तानका दुस्मन भएका र तीनलाई पराजित गरेरै छाड्ने’ दृढता व्यक्त गरेका छन्।

    बीबीसी नेपालीबाट।

     

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल