सिरहा, १२ साउन। अखिल (क्रान्तिकारी) रामप्रताप रामप्रसाद तामाङ्ग जनता वहुमुखि क्याम्पस गोलवजार इकाईले ‘भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लािग बृहत नागरीक हस्ताक्षर अभियोन’को सुरु गरेका छन्।

क्याम्पस इकाईले आजबाट सुरुगरेको बृहत नागरीक हस्ताक्षर पहिलो दिन पाँचसय जनाले हस्ताक्षर गरेका छन्। आज बाट सुरुभएको हस्ताक्षर अभियान आईतबारसम्म चल्ने आयोजकले जनाएको छ।

सरकारले चलाएको भ्रष्टचार विरोधी अभियानलाई समर्थन जनाउँदै आफूहरुले आजबाट हस्ताक्षर अभियान सञ्चालन गरेको खखिल (क्रान्तिकारी) का मधेश प्रदेश अध्यक्ष पुजनसिंहले बताए। उनले हस्ताक्षर अभियानको सचेत जनताको सहभागीताले सरकारले चलाईरहेको भ्रष्टचार विरोधी साथ सहयोग रहेको देखाएको छ।

रामप्रताप रामप्रसाद तामाङ्ग जनता वहुमुखि क्याम्पस इकाइ अध्यक्ष आकाश महतोको अध्यक्षमा जारी हसताक्षर कार्यक्रममा पूर्व क्याम्पस प्रमुख, फुलेग साह, वर्तमान क्याम्पस प्रमुख किशोर कुमार साह, बुद्धिजीवि संगठनका प्रदिप साहले समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए।

कार्यक्रममा संगथनका जिल्ला तथा प्रदेश स्तरका नेताहरुको उपस्थिति रहेको थियो।

Ad