सिरहा, ९ साउन। सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले कर्मचारीहरुले इच्छाशक्ति, मन, बचन, कर्मले इमान्दारिता पूर्वक कामगर्ने हो भने नगरले अझै प्रगति गर्न सक्ने बताका छन्।
आ.वा.२०७९/८० का वार्षिक बजेट तथा कार्यक्रमको समीक्षा गोष्ठीलाई सम्वोधन गर्दै आफ्नो नगरपालिकामा पर्याप्त कर्मचारी भएकाले उहाँहरुले इच्छाशक्ति, मन, बचन कर्मले कामगर्ने हो भने शत प्रतिशत सम्पन्न गर्न सक्ने बताएका हुन्।
मेयर महतोले जसरी जनप्रतिनिधीहरुले कर्मचारीहरुलाई सम्मान दिएका छौं, कर्मचारीहरुले पनि अवको दिनमा अवका दिनमा जनताप्रति जवापफदेहि भएर काम गर्न आग्रह गरे। मेयर महतोले भने, ‘जनप्रतिनिधीहरुले कर्मचारीहरुलाई इमान्दारीता पूर्वक मायाँ गरेको छ। मायाँ पाएर तपाईहरु मात्तिने काम गर्नु होला। प्रशासन र जनप्रतिनिधीहरुले करार, ज्यालादारी, अस्थाई, स्थाई सवै कर्मचारीको कामको मूल्याङ्कन गरेर कार्वाही गर्न सक्छ भन्ने सचेत गराउन चाहन्छु।’
उनले हामी हाम्रा पालिकामा रहेका पछाडी परेका जात, समुदायलाई उनीहरुको आर्थिक, सामाजिक र शैक्षिक रुपमा अगाडी बढाउने हाम्रो कर्तव्य बताए। मेयर महतोल भने, ‘आर्थिक, सामाजिक र शैक्षिक रुपले पछाडी परेकाहरुलाई मूलधारमा पुर्याउनेगरी योजना र काम गर्न जनप्रतिनिधी तथा कर्मचारीहरुलाई काम गर्न आग्रह गर्दछु।’
सोही क्रममा नगर उपप्रमुख संगीता कुमारी चौधरीले सवैको सहकार्यमा नै नगरले समृद्धि र सुशासनको लक्ष्य प्राप्त गर्ने बताए। उनले सहकार्य र सवैको सह–अस्तित्वलाई स्वीकार गर्दै हाम्रा काम कर्तव्यहरुलाई अगाडी बढाउन सके नगरले चाहेको लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गरे।
समिक्षाको क्रममा विभिन्न शाखाका प्रमुखहरुले गरेका काम, उपलब्धिहरु प्रस्तुत गरेका थिए। धनगढीमाई नगरपालिकाले आ.व. २०७९/८० को कुल बजेट ९१ करोड ११ लाख ४७ हजार विनियोजीत रेकोमा ५९ करोड ४७ लाख २५ हजार खर्च गरेका छन्। वितिय प्रगति ६५.२८ प्रतिशत रहेको विवरण प्रस्तुत गरेका छन्।
विनयोजित बजेटबाट आर्थिक विकास अन्तर्गत कृर्षि, उद्योग, जलस्रोत तथा सिंचाई, पशुपन्छी विकास, भूमि व्यवस्था र आपूर्ती तर्फ विनियोजन गरिएको तीन करोड ४० लाख मध्ये एक करोड २७ लाख १५ हजार २८० रुपैयाँ ५८ पैसा खर्च गरेको छ। यो कुल बजेटको ३७.४ प्रतिशत हो। यसमा दुई करोड १२ लाख ८४ हजार ७१९ रुपैयाँ ४२ पैसा मौजात रहेको छ।
त्यसैगरी, सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, भाषा तथा संस्कृति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण र युवा तथा खेलकुदमा ३१ करोड २७ लाख ८९ हजार पाँचसय विनियोजन गरेकोमा २२ करोड ९६ लाख ६८ हजार ९०९ रुपैयाँ ८८ पैसा र्ख भएको छ। यो विनियोजित बजेटको ७३.४३ प्रतिशत हो।
पूर्वाधार विकास अन्तर्गत यातायात पूर्वाधार, भवन आवास तथा सहरी विकास, सम्पदा पूर्वाधार, पुनरनिर्माण र उजातर्फ विनियोजित २९ करोड ५३ लाख ३३ हजार २२२ रुपैयाँ १२ पैसा विनियोजित रहको ५२.३५ प्रतिशत १५ करोड ४६ लाख ९ हजार ६५४ रुपैयाँ ६१ पैसा खर्च भएको विवरण प्रस्तुत गरेको छ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र अन्तर्गत वातावरण तथा जलवायु, विपद व्यवस्थापन, शान्ति तथा शुव्यवस्था, तथ्याङ्क प्रणाली, श्रम तथा रोजगारी, योजना तर्जुमा र कार्यान्वयन र, प्रशासकिय सुशासनतर्फ दुई करोड ९८ लाख १८ हजार विनियोजनभएकोमा ५८.५९ प्रतिशत एक करोड ७४ लाख, ७१ हजार ४१२ रुपैयाँ ३२ पैसा खर्च भएको छ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको लागि विनियोजन गरिएको २३ करोड ९२ लाख छ हजार ६११ रुपैयाँको ७५.३६ प्रतिशत १८ करोड २ लाख ६० हजार २५७ रुपैयाँ २५ पैसा खर्च भएको छ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल बगाललेले यो पटक कृषि, शिक्षा र पूर्वाधार विकासमा विशेष जोडका साथ काम गरिएको बताए। उनले विभिन्न प्राविधिक कारणबस खर्च कमभएपनि आगामी दिनमा यसलाई सुधारगर्दै लैजाने बताए।
सोही क्रममा भूमि इकाईका संजय चौधरी, कृषि शाखा प्रमुख मसिलाल साह, पशुपक्छि विकास शाखाका जिवनारायण यादव, उद्यम विकास तथा विकास शाखा प्रमुख सावित्रि साह, युनिसेफसँगको साझेदारी कार्याक्रम तथा पूर्वाधार शाखाका रामानन्द चौधरी, पञ्जिकरण शाखाका विकेक कुमार महतोले आ–आफ्ना कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए।