काठमाडौं, ३१ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ।
आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर छ रुपैयाँ, डिजलको मूल्य प्रतिलिटर चार रुपैयाँ र खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर १० रुपैयाँ घटाएको हो।
पेट्रोलको मूल्य अव काठमाडौं उपत्यकामा प्रतिलिटर एक सय ६४ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर एक सय ४६ रुपैयाँ पर्नेछ भने ठाउँअनुसार फरक–फरक दर कायम भएको छ।
त्यस्तै अब, ग्यासको मूल्य प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ।
निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ।
भारतबाट १५÷१५ दिनमा इन्धनको मूल्य सूची आउँछ। भारतीय आयल कर्पोरेशन (आईओसी) को ३१ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो।
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2023 - Gamakpost.com All rights reserved