प्रदेशसभा संसदिय विकास कोषमा वेथिती :  देखाउनलाई उपभोक्ता समिगत गठन, कामको जिम्मा ठेकेदारलाई

    • असार १८, २०८०
    • १,१८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    आशिष विश्वकर्मा

    सिरहा, १८ असार। कानुन बनाउनेहरु नै विकास निर्माणको कामगर्दा सामान्य प्रकृयासमेत अपनाउन सकेको छैन। सिरहा निर्वाचन क्षेत्र नम्वर ३ प्रदेश ‘१’ बाट निर्वाचित प्रदेशसभा सदस्य मनोज कुमार सिंहले आफ्नो निर्वाचन विकासकोषबाट गरिरहेको विकासको काममा सामान्य सूचना वोर्ड समेत नराखेर कानुनको खिल्लि उडाएको हो।

    सिंहको विकासकोष रकमबाट आफ्नो क्षेत्रमा सिंचाई वोर्डिङ, खानेपानी वोर्डिङ, सडक आरसीसी ढलानको योजनाहरु सञ्चालनमा छन्। उनको विकास योजनाको कुनैपनि ठाउँमा योजना झल्किने सूचना वोर्डहरु छैन।

    यसले नियोजित ढङ्गले योजनाहरु सञ्चालन गरेको देखिन्छ। धेरै योजना सञ्चालन भईरहेकै ठाउँका उपभोक्तालाई काम गरिरहेको भन्ने जानकारी छैन।

    गोलबजार नगरपालिका ९ मा सडक आरसीसी ढलानको काम भईहेको छ। उपभोक्ता समितिले काम गरिरहेको भनेपनि त्याहाँ उपभोक्ता समिति को हो त्यहाँका भन्ने नै उपभोक्तालाई थाहा छैन। निर्माणको काम भने गोलबजार ७ चोहर्वाका व्यसायी ओमप्रकाश श्रेष्ठले गराई रहेका छन्।

    काम भईरहेको बेला रिपोर्टिङ्का क्रममा पुग्दा त्यहाँ व्यसायी श्रेष्ठले काम गराईरहेका थिए। उनले उपभोक्ता समिति गठन भएको भएपनि आफैले काम गराईरहेको बताए। उनले भने, ‘गाउँ कै उपभोक्ता समिति छन्, मैले अहिले नाम विर्से। काम मैले नै गराउँदै छु।’
    सोही वडाको डण्डाटोलमा गंगा प्रसाद महतोको घर अगाडी १० लाखको लगातमा गोलघर निर्माण कार्य भर्यरहेको छ। गाउँकैहरुलाई राखेर नामको लागी उपभोक्ता समिति गठन गरेपनि काम भने प्रदेशसभासदस्य आफैले ठेक्केदार मार्फत काम गराइ रहेको स्थानियहरु बताउछन्।

    गोलघर निमार्णकार्य गर्न गठन गरिएका उपभोतmालाइ जानकारी नै नगराई काम सुरु भएपछि स्थानिहरुले विरोध गरेका थिए। तर, विरोधका वावजुद प्रदेशभासदस्य सिंह आफैले निश्चित प्रतिशतको बार्गेनिङमा कामको जिम्मा ठेक्केदारलाई दिएको उपभोतmा समिति अध्यक्ष राज कुमार महतोले बताए।

    उनले भने, ‘प्रदेशसभा सदस्य मनोज सिंहले आफैले काम गराईरहेको छ। यो गोलघर बनाउन १० लाख विनियोजन गरेको भन्ने सुनेएको थिएँ। काम गर्न मलाई नै उपभोक्ता समितिको अध्यक्ष बनायो तर ७ लाखमा यो निमार्ण कार्य गर्न ठेक्केदारको जिम्मा लगाइको सुनेको छु। अहिलेसम्म मलाई कुनै जानकारी छैन।

    प्रदेशसभा सदस्य मनोज कुमार सिंहका संसदिय विकासकोषका प्रतिनिधी राजकिशोर सिंहले आफ्ना सवै योजनाहरु उपभोक्ता मार्फत नै गराईरहेको दावी गरे। उनले भने, ‘हामीले सवै योजनाहरुमा उपभोक्ता समिति गठन गरेका छौं। सवै काम उपभोक्ता बाटै भईरहेको छ।’

    उपभोक्ताहरुले काम गराउनै नसक्ने भन्दै सिंहले घुमाउरोपारामा ठेकेदारमार्फत काम भएको स्वीकार गरे।

    क्षेत्र नम्वर ३ को प्रदेश ‘१’ मा अर्थिक वर्ष २०७९÷०८० मा निर्वाचन विकास कोषबाट अनार्मा गाउँपालिका १,२ र ३ मा ४० लाखको लागतमा खानेपानी चापाकल जडान, विष्णुपुर वडा १ र ५ २० लाखको लागतमा खानेपानी चापाकल जडान, गोलबजार नगरपालिका देखि १२ सम्म २५ लाखको लागतमा खानेपानी चापाकल, ८ नम्वर वडामा अधुरो दुर्गा मन्दिर निमार्ण १० लाख र ८ मै डिहवार वावाको प्राङणमा भण्डार भवन तथा मण्डप निमार्ण कार्य ७ लाख विनियोजन गरेको छ।

    त्यसैगरी, गोलवजार नगरपालिका ३ मुसहर्नियामा खानपानि ट्याङकी पाइप सहितको १३ लाख, १,२,३ र ६ मा ५० लाखको लागतमा सिचाई वोर्डिङ जडान, ७, ८, ९ र १० नम्वर वडामा ५० लाखको लागतमा सिचाई वोर्डिङ जडान, ४, ५, ११ र १२ मा ५० लाखको लागतमा सिचाई वोर्डिङ, वडानम्वर ९ मा गोलघर निमार्ण १० लाख र नरहा गाउँपालिका १ र २ नम्वर वडामा २० लाखको लागतमा सिंचाई वोर्डिङ जडान कार्य गर्न वजेट विनियोजन गरिएको छ।

    विनियोजन गरिएका यो बजेट सम्सोधन गरि अन्य काममा पनि लगाएको साइड इन्जिनियर ध्रुवप्रसाद साहले बताए। उनले भने, ‘यो प्रस्तावित योजना हो। काम गर्ने क्रममा कतिपय योजनाहरु फेरबदल पनि भएको छ।’ असारको मध्येयसम्ममा धेरै योजनाहरु निर्माणकै क्रममा रहेका छन्। असार २४ भित्र सवै योजनाहरुको भुक्तानी गर्ने समयसीमा तोकिएको भएपनि कामहरु निर्माणका कार्यहरु अझै अधुरै रहेका छन्।

    योजनास्थलमा सूचनापार्टी नराख्नुको कारणबारे इन्जिनियर साहसँग जिज्ञासा राख्दा उनले भने, ‘राख्नु पर्ने हो, मैले आफैपनि कामको चापले हेर्न पाएको छुईन। अव म उपभोक्ताहरुलाइ सूचनापार्टी राख्न लगाउँछु।’

    यस सम्वन्धमा बुझ्न पूर्वाधार विकास कार्यालयका प्रमुख रामदेव खड्कालाई सम्पर्क गर्दा उनको मोवाईल अफ थियो।

    त्यसैगरी, अर्का प्रदेशसभा सदस्य साहिदा खातुनको गोलबजार र धनगढीमाई नगरपालिका र नरहा गाउँ पालिका १५ लाख ५० हजार स्यालो टुवेल जडान, गोलबजार नगरक्षेत्रभरी २५ लाख सिंचाई बोर्डिङ्ग २५ लाख, शिप मुलक तालिम ९ लाख ५० हजार, सुखिपुर नपा ६ को मुङ्गालाल ठाकुरकुटीदेखि श्रीनारायण यादवको घरहुँदै नगरसम्म बाटो आरसीसी ढलान ४० लाख विनियोजन गरेको छ। ५ लाखको गोलबजार २ पासवान टोलमा सलहेश मन्दिर निर्माणको लागि विनियोजन गरेको छ।
    असारमा काम भएकाले धेरै ६ इन्चका बोर्डिङहरु यसक्षेत्रमा धेरै असफल भईसकेका डीटीएच प्रविधिबाट जडान गरिएको छ।

    हतारमा जडानगर्नुपर्ने भएकाले उनीहरुले यो प्रविधिको प्रयोग गरेको जानकारहरु बताउँछन्। डीटीएच प्रविधिबाट २४ घण्टामै एउटा बोर्डिङ्ग जडान गर्न सकिने प्रविधिकहरु बताउँछन्। सिरहामा यस प्रविधिबाट जडानभएका सयौं बोर्डिङ्गहरु फेल भएको प्राविधिकहरु नै बताउँछन्।

    प्रदेशसभा सदस्य खातुनको योजनाहरु पनि उपभोक्ता समिति नामकोलागिमात्र गठन गरेर ठेकेदारले गरेको स्थानीयहरुले बताएको छ।

    प्रदेशसभा सदस्य खातुनले महिलाहरुको लागि शिप मुलक तालिमको लागि छुट्याएको ९ लाख ५० हजारको कामभने गर्न नसकिएको बताए।

    सवै कामको जिम्मा आफ्ना प्रतिनिधी हरिनारायण यादवलाई दिईएको थियो। समय अभावका कारण केहीकामहरु बाँकी रहेको यादवले बताए।

    उपभोक्ता समितिको कार्यविधिमा निर्माण स्थलमै गरएर अधिकतम लाभग्राहिको उपस्थितिमा समिति गठन गर्ने व्यवस्था गरेको छ। तर, प्रदेशसभा सदस्यहरुको योजनाका समितिहरु घर तथा पार्टी कार्यालयमा गठन हुने गरेको छ। यसले पनि ऐन कानुन बनाउनेहरु नै यसको खिल्लि उडाउँदै हिडेको प्रष्ट पार्छ।

    manoj manania 1 manoj manania 2 17(1)

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल