सिरहा १२ असार। सरकारले जारी गरेको २०८०/०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरु आन्दोलित भएका छन्।
हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न मागँ गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरुले माग सुनुवाइ नभएको भन्दै जिल्ला स्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।
हुलाक कर्मचारीहरुले अतिरितm हुलाक खारेजको निर्णर्य फिर्ता गर, लामो समयदेखि कार्यरत्त कर्मचारी खारेज गर्न पाइदैन्, हुलाकको संरचना खारेज हैन् यसको सेवाको पुनः स्थापना गर लगायतका नारावाजि गर्दै सिरहाबजार परिक्रमा गरेका थिए।
परिक्रमा पछि आन्दोल
नरत्त कर्मचारीहरुले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन।
सरकारले अतिरितm हुलाक कार्यालयमा कार्यरत्त कर्मचारीहरुलाई पुरै जीवन सेवामा व्यतीत गरेपनि कुनै सुविधा निश्चित नगरी खारेज गर्न खोजिएको अतिरितm हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठले बताए।
‘२०३४ सालमा स्थापना भएको अतिरिक्त हुलाक कार्यालय स्थापनाको ४६ वर्षसम्म सेवा गरेका कर्मचारलाई विना सेवा सुविधा निकाल्नु अति नै दुःखद कुरा हो; श्रेष्ठले भने, ‘विगत ४६ वर्षदेखि कामकाज गरिरहेका कर्मचारी सिधै विना सेवा सुविधाकै वितिसक्यो। कतिपय कर्मचारीहरु ८४ वटा अतिरिक्त हुलाक कार्यालयमा निरन्तर कामकाजमा सक्रिय रहेका छन्।
वर्तमान गठबन्धन सरकारले अतिरिक्त हुलाकका कर्मचारीहरूलाई बेवास्ता गरी कुनै ठोस तयारी विना अतिरिक्त हुलाक खारेज गरेर बेरोजगारी सिर्जना गरेको उनीहरूको गुनासो छ।