गोलबजार नगरपालिका वडानम्वर १३ को नमुना काम, ५० प्रतिशत अनुदानमा किसानलाई सिंचाई मोटर वितरण

    • असार १२, २०८०
    • ६५८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ असार। सिरहाको गोलजार नगरपालिका १३ दुर्गापुर वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घर परिवारलाई सिंचाई मोटर वितरण गरेका छन्।
    वडा कार्यालयको नौ हजार र किसानको नौं हजार रुपैयाँ गरी १८ हजाको लगानीमा खरिद गरिएको सिंचाई मोटर एक कार्यक्रममको विच वितरण गरिएको हो।

    स्थानीय किसानको आवश्यकता र माँग अनुसार वडा कार्यालयद्वारा विनियोजित १० लाख रकम र वडाबासि किसानद्वारा जम्मा गरिएको ५० प्रतिशत लगानीमा एक एचपीको दुई इन्च मोटर खरिद गरी आजबाट वितरण कार्य सूरु गरिएको वडा अध्यक्ष नन्दकुमार महतोले जानकारी दिए।

    किसानहरुको माँग अनुसार नै चालु आर्थिक वर्ष ०७९÷८० मा किसानलाई सिंचाई मोटर खरिदको लागि १० लाख विनियोजन गरिएको वडाअध्यक्ष महतोल जनाए। उनले भने, ‘वडाको किसानलाई ५० प्रतिशत अनुदानमा सिंचाई मोटर दिने योजना अनुसारै मोटर खरिद गरि आजबाट वितरण गर्न थालिएको हो।’

    नगरका अन्य वडामा निःशुल्क बोर्डिङ र मोटर दिएपनि यस वडाले किसानसँग साझेदारीमा काम गरेको छ। यो नगरकै नमुना कार्य रहेको स्थानीय बुद्धिजीविहरु बताउँछन्।

    वडाले सार्वजनिक सुचना प्रकाशन गरी किसानहरुले दिएको निवेदनको आधारमा आजबाट एक सय १० जनालाई मोटर वितरण गरेको जनाए।

    नगरकै सवैभन्दा बढी किसानहरु रहेको वडा भएकाले कृषिक्षेत्रमा आफूले विषेश जोड दिएको वडा अध्यक्ष नन्द किशोर महतोले सुनाए। उनले वडाले जारी गरेको सूचनाको आधारमा निवेदन दिन आएका एकसय ६३ जना किसानमध्ये एक सय १० जनालाई यो मोटर वितरण गरिएको वताए।

    नगरक्षेत्रमै सवैभन्दा बढी किसान रहेकाले वोर्डिङ, चापाकल पनि किसानको समेत लागानी हुनेगरी वितरण गरेको वडा अध्यक्ष मतोले जानकारी दिए। उनले भने, ‘मैले किसानको समेत लगानी रहँदा त्यसमा मायाँ हुन्छ। दिइएको उपकरणहरुको स्याहार गर्छ भन्ने उद्देश्य सहित किसानको साझेदारी गरहेको हो।’

    ‘निःशुल्क वितरण गर्दा त्यसको महत्व कम हुने, आवश्यक नभएकाहरुले पनि लाने जस्ता समस्या विगतमा देखियो, त्यही भएर पनि मैले यो प्रयोग गरेको हुँ; अध्यक्ष महतोले भने।

    आफ्नै लगानीमा किन्नु पर्ने पानी तान्ने मोटर वडाले दिएपछि किसानहरुले खुसी व्यक्त गरे। सिचाई मोटर लिँदैं किसान रामनाथ महतोले भने, ‘यहाँ धेरै खेति आकासे पानीको भरमा हुने हो। जसका कारण कहिले बालि समयमा लाउन नपाउने त कहिले फल्न लागेको बाली पानीका कारण नसप्रिने अवस्था थियो। मोटर पाएपछि ढुक्क भएँ।’

    आकाशे पानीको भरमा खेति गर्ने यहाँका किसान आफैले किन्नुपर्ने मोटरमा वडाको साझेदारीले राहत मिलेको ३३ वर्षिय किसान दिपक महतोले खुशि व्यक्त गरे।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल