सिरहाका सोह्र पालिकाको सभा सुरु, लक्ष्मीपुरपतारीको नगरसभा हुन सकेन

    • असार ११, २०८०
    • ४७५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ११ असार। सिरहाका १७ स्थानीय तहहरू मध्येय असार १० गतेभित्र १६ पालिकाले नगर तथा गाउँ सभा सम्पन्न गरेको छ। जिल्लाका १७ पालिकामध्येय आईतबारमात्र १२ वटा पालिकाहरुले गाउँ तथा नगरसभा गरेको छ। चर वटाले यस अघि नै नगरसभा सम्पन्न भगरेको छ भने लक्ष्मीपुरपतारी गाउँ पालिकाले असार १० भित्र साधारणसभा गर्न सकेन।

    मिर्चैया नगरपालिकाले ‘स्वस्थ्य नगरवासी ,समृद्ध नगर’ मुख्या नाराकासाथ आईतबारबाट सुरुभएको नगरसभाले आर्थिक वर्ष २०८०/०८१ क लागि ५८ करोड ११ लाख ७३ हजार रुपैयाँका बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
    नगरपालिकाले शिक्षामा एक करोड २५ लाख र स्वास्थ्य तर्फ एक करोड ५ लाख सहित ५८ करोड ११ लाख ७३ हजार रुपैयाकोे निति तथा कार्यक्र सार्वजानिक गरेको हो।

    नगरका जनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा भोगीरहेको समस्या समाधानका लागी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा एक वडा एक नमुना विद्यालय र एक वडा एक आधारभुत स्वास्थ्य चौकिको परीकल्पना गरेको छ। साथै जेष्ठ नागरीकहरुलाई घर घरमा गई स्वस्थ्यसेवा प्रदान गरिने नगर प्रमुख श्रवण यादबले जनाएको छ।

    लुकेर बसेको जटिल रोग तथा उतm रतmचाप, मधुमेह र नसर्ने खालका रोगहरुको समुदाय स्तरबाटै प्रत्येक वडामा विशेष स्वास्थ्यजाचँ कार्यक्रम संचालन गरिने नगर प्रमुख यादबले बताए। उनले भने, ‘ स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन घुम्ती सेवाका लागी गुणस्तरीय औषधिको नियमित आपुर्ती गरी उपलब्धता सुनिश्चित गर्ने योजना सहित नगरले योजना अगाडी सारेको छ।’

    20230625_160143(1)

    त्यसैगरी, जिल्लामै सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब १६ करोड २२ लाख ८ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ।

    नगरपालिकाको १२ औं नगरसभाले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रको रुपमा लिँदै नगरको विकासमा पाइला अगाडि सार्ने जमर्को गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख चौधरीले पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ लगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए ।
    त्यसका लागि कृषिमा यान्त्रिकीकरणको लागि नगरपालिकाभित्रका किसानहरुलाई सहुलियत दरमा कृषि उपकरणहरुको सेवा उपलब्ध गराउन कस्टम हाइरिङ सेन्टर स्थापना गरिने मेयर चौधरीले जानकारी दिए।

    त्यसैगरी, आईतबारै गोलबजार नगरपालिकाको नवौ नगरसभा सुरु भएको छ। प्रतिनीधिसभा सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतित्थ्यमा सुरुभएको नगरसभाले नीति तथा कार्यक्रमभने सार्वजनिक गरेनन्।

    प्रमुख अतिथी श्रेष्ठले नगरक्षेत्रको विकासमा आफ्नोतर्फबाट हुनै सवै सहयोग रहने बताए। आफू यसैक्षेत्रको जनप्रतिनीधि र यहि पालिकाको वासिन्दा भएकाले पनि यहाँ विशेष लगाव हुने बताए।

    कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन प्रसाद सिंह र मनोज सिंहको उपस्थिति रहेको थियो।

    त्यसैगरी, धनगढीमाई नगरपालिकाले आईतकार नगरसभाको उद्घाटन गरेपनि असार २२ गते पुनः वस्नेगरी सभास्थगत गरेको छ।

    सिरहाका १७ पालिकामध्ये १२ वटा पालिकाले आइतबार नगर तथा गाउँ सभा गरेका छन्। सिरहा नगरपालिका, सुखिपुर, कर्जन्हा नगरपालिका, अर्नामा गाउँपालिका र कर्जन्हा नगरपालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका थिए।
    अर्नमा गाउँपालिकाले असार १ गते, सुखिपुर नगरपालिकाले असार ८ गते, कर्जन्हा नगरपालिका रे सिरहा नगरपालिकाले असार ९ गते नगर सभा सम्पन्न गरेको छ।
    लक्ष्मीपुर पतारीमाभने विवादका कारण नगरसभा हुन सकेन।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल