गुणस्तरीय दुध उत्पादनगर्न किसानलाई मन्त्री न्यौपानेको आग्रह

    • असार ८, २०८०
    • ५९१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, ८ असार। मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्द न्यौपानेले दुधको गुणस्तर बृद्धिगर्न पशुपालक किसानलाई आवश्यक सहयोग गर्न मन्त्रालय तयार भएको बताएको छ।

    दुग्ध विकास बोर्डले जनकपुरधाममा शुक्रबार आयोजना गरेको ‘स्वच्छ तथा गुणस्तरीय दुध उत्पादन, संकलन तथा बजारीकरण’सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले गुणस्तरीय दुध उत्पादनमा आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताएको हो।

    दुधको गुणस्तरमा देखिएको कमीका कारण मुल्यमा एकरुपता नभएको भन्दै गुणस्तरीय दुध उत्पादनगरी आफु र देशलाई समृद्ध बनाउनेतर्फ अग्रसर हुन हामी सबै लाग्नुपर्ने मन्त्री न्यौपानेको भनाई रहेको छ। भारतले पञ्जाव र हरियाणालाई केन्द्रबिन्दु बनाएर कृषिमा लगानी गरेजस्तै नेपाल सरकारले पनि मधेश प्रदेशलाई केन्द्रबिन्दु बनाएर कृषिमा लगानी गर्नुपर्ने बिचार व्यक्त गरे।

    उन्नत जातका पशु किन्न नसक्ने भएकाले नश्ल सुधारका कार्यक्रम सञ्चालनगरी आफनै पशुचौपायाको स्तरोन्नती गर्ने काममा मन्त्रालय लागिपरेको उनले बताए। ‘अब हाम्रो आवश्यकता भनेको देशलाई समृद्ध बनाउने हो, हामी सबै आफ्नो कामको क्षेत्रमा इमान्दारीपूर्वक लागेर देशलाई समृद्ध बनाउनेतर्फ अग्रसर हुनुपर्छ; मन्त्री न्यौपानेले भने।

    कार्यक्रममा दुग्ध विकास बोर्डका उपाध्यक्ष शम्भु साहले वोर्डले गोठदेखि ओठसम्म गुणस्तरीय दुध पुगाउन पशुपालक किसानको जनचेतना वृद्धि गर्न विभिन्नखालको कार्यक्रम सञ्चालन गर्न लागेको बताए।

    कार्यक्रममा दुग्ध बिकास वोर्ड मधेश प्रदेशका निर्देशक शंकर साहले गुणस्तरीयताप्रति उपभोक्ता सजग भएको भन्दै गुणस्तरीय दुध बिक्री वितरणका लागि पशुपालक किसानलाई आग्रह गरे। उनले दुधको गुणस्तर उत्पादन नभए निर्यात प्रबद्र्धनमा समस्या हुने बताए।

    दुधको गुणस्तर नियन्त्रण गर्न मधेश प्रदेशमा अत्याधुनिक प्रयोगशालाको निर्माण हुनुपर्ने उनले बताए। कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विजय खनालले अबान्छित किटाणुको प्रवेश भएपछि दुध विगार्ने काम हुन्छ त्यसैले उत्पादकले सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा पशुपालक किसानसहित डेरी सञ्चालकको सहभागिता थियो।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल