लघुवित्त पीडितले गरे पुलमै बसेर प्रदर्शन, सयौं सवारी साधन अलपत्र

    • असार ७, २०८०
    • ३९५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, ७ असार। सिरहाका लघुवित्त पीडितहरुले सप्तरी–सिरहाको सीमाना छुट्याउने बलान नदिनको पुलमा बसमा प्रदर्शन गरेका छन्। विभिन्न माँगसहित आज आव्हान गरिएको मधेश प्रदेश बन्द सफल बनाउन उनीहरुले पुलमै बसेर सडक अवरुद्ध गर्दै नाराबाजीसहित प्रदर्शन गरिरहेका हुन्।

    लघुवित पीडितहरुले ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्था खारेज गर, लघुवित्त संस्थाद्वारा लागाइएको सामुहिक ऋण मिनाहा गर, आम गरिव किसानलाई निःशुल्क ऋणको व्यवस्था गर, समाजवादी आर्थिक नीति लागुगर लगायतका नारा लगाएका छन्।

    प्रदर्शनकारीहरुले पुलमै बसेर प्रदर्शन गरेका कारण समावरीसाधन चल्न सकेका छैनन्।

    उनीहरुले लघुवित्तका कर्मचारीहरुले मानसिक तनावसमेत दिने, आर्थिक क्षति गर्ने गरेकाले विरोधमा उत्रिनुपरेको लघुवितिय संस्था विरुद्धको संघर्ष समिति नेपाल, वसिरहाका अध्यक्ष अजुन विश्वकर्माले बताए।

    उनले भने, ‘चर्को व्याजमा उनीहरुले ऋण लगानी गर्ने, किस्ता तिर्न अलिकति ढिलो हुनेवित्तिकै घरमा भएको गाई, भैंसी, बाख्रा तान्न जाने, घरमा ताला लगाइदिने, जस्ता ज्यादती भएको कारणले हामी लघुवित्त संस्थाको ज्यादतीको विरुद्धमा आन्दोलना उत्रिएका हौं।’

    राज्यले हाम्रो माँगको उचित व्यवस्थापन नगरे आन्दोलन नरोकिने अध्यक्ष विश्वकर्माले बताए।

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल