भन्सार कर्मचारीको मिलोमतोमा व्यापक तस्करी , भन्सार छलेर तस्करी गरेको सामान मकमानपुरमा बरामद

    • असार ३, २०८०
    • ५६० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३ असार। पछिल्लो दिनहरुमा सिरहा तस्करीको उर्वर भूमि बनेको छ। जिल्लाको पूर्व नाका ठाडी भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलेमत्तोमा ठूलो परीमाणमा भन्सार छलिका सामानहरु नेपाल भित्रीने गरेको पाइएको छ।
    ठाडी भन्सार कार्यालयबाट प्याजको भन्सार बुझाएर काठमाडौं लादै गरेको अवस्थामा मकवानपुरको रातमाटे १५ स्थितको प्रहरी चौकीले चेकजाचको क्रममा एक करोड ५० लाखभन्दा बढी मूल्य बरावरको अवैध कपडा प्रहरीले बरामत गरेको छ।

    ठाडी भन्सार कार्यालयबाट भगवानपुर गाउँ पालिका ४ का लागि स्थानीय गोदावरी माता इन्टरनेशनलले यहि जेठ ३२ गते बीआर–०६जीई ५०५३ नम्वरको मिनी ट्रकमा १५ हजार आठ सय ६३ केजी प्याजको एक लाख ९३ हजार सात सय ९२ रुपैयाँ भन्सार बुझाएर ल्याएको थियो।355040845_772558251030884_4189677164606159360_n

    भगवानपुरको लागि ल्याएको भनिएको ट्रक प्रहरीले मकमानपुरबाट प्याजको बोराभित्र लुकाएर सुटको कपडा काडमाडौं लादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालय काठमाडौंलाई बुझाएको छ।
    भगवानपुरको लागि ल्याएको प्याज कसरी काठमाडौं गयो भन्ने विषयमा गोदावरी माता इन्टरनेशनलका सञ्चालक मनिस कुमार महतोले आफ्नो फर्म प्रयोग गरेर काठमाडौंका व्यवसायी भुपेन्द्र प्रधानले सामान लगेको बताए।

    सञ्चालक महतोले आफू लगानी गरेर ल्याउने भन्दा पनि सामान चाहिएकाहरुसँग समन्वय गरेर सामान ल्याउने गरेको बताए। त्यसैले पनि आफूले सामान विक्रि गरेको विल नकाटेको उनले सुनाए। उनले भने, ‘मेरो फर्म मात्रै प्रयोग भएको हो। प्रधानले कसरी के ल्यायो मलाई थाहा छैन। मलाई प्याज ल्याएको भन्नेमात्र जानकारी छ।’
    भन्सार कार्यालयबाट नजीकै रहेको बजार भगवनपुर लाने भनेर भन्सार काटीएको भएपनि सो ट्रक अवैध कपडा सहित मकमानपुरबाट बरामद भएको छ।
    चलकसँग भएको कागजातको आधारमा संकालागि चेकजाँच गर्दा बेराभित्र कपडा फेलापरेको मकमानपुर प्रहरीले जनाएको छ।355180474_815618819751657_4874371881412399807_n

    यता ठाडी भन्सार कार्यालयले प्याज सहितका फलफूल जन्य समानहरु सवै पल्टाएर हेर्न नसक्ने भएकाले भित्र के रहेको भन्ने जानकारी नरहेको बताए। कार्यालयका वर्तमान निमित्त प्रमुख शिव कुशवाहले भने, ‘प्याज, फलफूल जस्ता सामाग्री सवै निकालेर हेर्न नसकिने भएकाले दुचारवटा बोरा खोलेर हेरियो, खासै त्यस्तो पाइएन।’
    कुशवाहले आफ्नो तर्फबाट सवै गरेकोले आशंका नगर्न आग्रह गरे। उनले भन्सार काटीएको ३० घण्टापछि हेटौडाबाट सामान बरामद भएकाले बाटोमा हेरफेर भएको हुनसक्ने आशंका गरे।

    यस सम्वन्धमा सीमा सुरक्षाको जिम्मा लिएर भन्सार कार्यालयसँगै रहेका सशस्त्र प्रहरीका डीएसपी दिपेन्द्र थापाले भन्सार कर्मचारीले दिएको कागजको आधारमा आफूहरु मुख्य योजना कारसम्म पुग्न नसकेको बताए।
    तर, ठाडीबाट लहान हुँदै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारासहित पाँचवटा जिल्ला पार गरेर ट्रक कमवानपुर पुग्नुलाई आशंकाको दृष्टिले हेरीएको छ। स्थानीय एक व्यसायीले नै भने, ‘सेटिङगविना यत्रो सामान पाँच वटा जिल्ला पार गरेर जानै सक्दैन, पुरै सेटिगमै सामान गएको हो।’

    त्यसैगरी, वितेको वैशाख २७ गते सिराहाको लहान नगरपालिका १ बाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी भित्र्याएको करिब ७३ लाख रुपैयाँ मूल्यबराबरको आयुर्वेदिक औषधिहरू बरामद गरेको थियो।
    प्रहरीका अनुसार लहान ६ घर भई लहान १ बस्ने रवीन्द्रकुमार साहको घरमा भन्सार छलेर भारतबाट ल्याईएका आयुर्वेदिक औषधिहरू राखिएको गोप्य सूचनाको आधारमा बरामद गरेको थियो।

    प्रहरी टोलीले साह बस्दै आएको घरको बरन्डामा राखिएको विभिन्न स्वादका म्यांगो हर्ब्स ७७ कार्टुन, बुस्ट क्याप्सुल, लाइसोटोन, एसिकाल्म, बेक्टो, रुन्दती, फेरक्स आइरन, लाइसोटोन क्याप्सुलसहित ७४०४ प्याकेट, ७२ बोतल एसिकाल्म तथा प्रोटिन चकलेट २७ बट्टा बरामद गरेका थिए।

    यो दुवै घटनाले सिरहामा तस्करी फस्टाएको पुष्टि हुने स्थानीयहरु बताउँछन्। प्रहरी र भन्सा कर्मचारीले देखाउन दिनभरी घरायसी सामान ल्याउने सर्वसाधारणको चेकजाँच गरेपनि सेटिङ्गमा ठूला तस्करी हुने गरेको स्थानीयको आरोप छ।

     

     

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल