सर्लाही,२ जेठ। सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिको बिरोध पछी स्थगित बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएका छन्।
सन २०३० सम्म बाल विवाह अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यका साथ आज शनिवार नाढीमन तालमा हुने बालिका सम्मेलन स्थगित भएपछि बाल–बालिका, महिला अधिकारकर्मीले सम्मेलन गर्नुपर्ने मागगर्दै प्रदर्शन गरेका हुन्।
गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, ७ नम्वरका वडा अध्यक्ष रामस्वरुप कुर्मी, ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, ५ का वडा अध्यक्ष, ४ का वडा अध्यक्ष राजिव सिंह, ३ का वडा अध्यक्ष सीताराम महतो लगायतका टोलीले शुक्रवार गाउँपालिकाको कार्यालय अगाडी बालिका सम्मेलन स्थगित गर्न माग गरेपछी सम्मलेन स्थगित भएको स्थानीय अधिकारकर्मीहरुले बताए।
उनीहरुले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइदैन, बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन् गर्न पाइदैन, बालिका बिरोधी जनप्रतिनिधि तथा नेता चाहिदैन, लगायतको नारा लगाउँदै प्रदर्शन गरेका छन्।
बाल–बालिका तथा महिलाहरुको जनसागर ओर्लिएर बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छन्।
चन्द्रनगर गाउँपालिका ७ का विद्यार्थी कल्याणी कुमारी चौधरीले बालिका सम्मेलन नभए पालिका र ७ वटै वडा कार्यालयहरुमा तालाबन्दी गर्ने बताए। उपाध्यक्ष गितादेवी महतो महिला भएर पनि महिला तथा बालिकाहरुको हक अधिकार हनन् गरेको अर्का छात्रा कल्याणीले आरोप लगाए।
उपाध्यक्ष महिला भएर पनि भागबण्डाको राजनैतिमा बालिका सम्मेलन स्थगित गराएको कल्याणीको आरोप रहेको छ। बालिका सम्मेलन तत्काल नभए तालाबन्दीसहित कडा आन्दोलन गर्नेभन्दै कल्याणीले आक्रोश पोखे।
सोही क्रममा बिद्याबारीधी गरिरहनु भएकी लण्डनवासी छात्रा अविगेलले महिला पुरुष सम्मान हुन र महिला तथा बालिका उत्थानको लागि गरिने कार्यक्रम स्थगन हुनु दुखद भएको बताए। उनी नेपालमा महिलाहरुमा हुने महिनावारीको विषयमा सोधगर्न आएका हुन्।
महिला अधिकारकर्मी सुधा पौडेलले एउटा महिला उपाध्यक्षले महिला तथा बालिका हितको लागि हुने कार्यक्रम स्थगन गर्न दुखद भएको बताए। एनले भने, ‘मधेशमा बाल बिबाह व्यप्त छ र यस्तो कार्यक्रम स्थगित गरीनु सुखद होे। छोरी भनेको मरिच र केराउको दाना जस्तै हो, छोरीको कलिलै उमेरमा बिवाह उनीहरुको विद्धिविकास खुम्चिएर जान्छ।’
अर्का महिला अधिकारकर्मी राधा पौडेलले जहाँ छोरीहरुको अधिकार खोसिन्छ, महिला तथा छोरीहरु हिंसामा पर्छ त्याहाँ आफू पुग्ने र अधिकारको लागि लड्ने बताए।
नेपालमा सन २०३० सम्म बाल बिवाह अन्त्य गर्ने लक्ष्य अनुसार देशमै पहिलो पटक बालिका सम्मेलन पालिका स्तरबाट गर्न लागेको बताए। आफ्नै जनप्रतिनिधी माटो र ग्रेबलमाबाहेक अरु विकास नदेख्दा समस्या भएको बताए। उनले यहि असार १५ गते भित्रमा बालिका सम्मेलन गर्ने बताए।