सगरमाथा लुम्बिनी वीमा कम्पनीको लापर्वाहीले गोलबजारको एवीमल कर्मामा, हचुवाको भरमा क्षति मूल्याङ्न गरेको आरोप

    • जेठ ३०, २०८०
    • ४४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा ३० जेठ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनिको लापर्वाहीले सिरहा सुपर मार्केट प्रालिले सञ्चालन गरेको एवीमलको गोदामममा आगलागी भएको चार महिना वितिसक्दापनि विमारकम पाउन सकेका छैनन्।
     
    विमा कम्पनीले खटाएको सर्भेयरले समयमा सहि रिपोर्ट नदिदा मर्कामा परेको सिरहा सुपर मार्केट प्रालिका सञ्चालन जाकिर अन्सारीले बताए। 
     
    आगलागी भएकै दिनदेखि इन्स्योरेन्स कम्पनीको सम्पर्क र समन्वयमा रहेर सर्भेको जिम्मा लिएको सीमेक कन्सल्टेन्सी प्रा.लि. माँगगरेको सवै आवश्य कागजातहरु वउपलब्ध गराउँदा समेत चारमहिनापछि पूर्वाग्रही तरीकाले टिपोर्ट दिएको मलका मूख्य कार्यकारी अधिकृत पिन्टु राउतले बताए। 
     
    कार्यकारी अधिकृत राउतले भने, ‘हामीले हाम्रो गोदाममा रहेको समाग्रीहरुको तीन करोड ६८ लाखको माँगदावी गरेको भएपनि सर्भेयरले पूर्वाग्रही र मनोमानी ढङ्गले ४६ लाखमात्र मूल्याङ्कन गरेको छ; यो उहाँहरुले गरेको मूल्याङ्कन हजुवा र पूर्वाग्रही छ।’
     
    उनले आफ्नो गोदाममा अझैपनि आगलागीबाट जलेका समाग्रीहरु सुरक्षित राखिएको  बताउँदै भने, ‘हाम्रो गोदाममा अझै पनि आगलागीका कारण जलेरका र काम नलाग्ने सवै सामाग्रीहरु सुरक्षित छन्, म स्वतन्त्र रुपले अन्य सर्वेयरहरुलाई पनि आएर मूल्याङ्न गर्न अनुरोध गर्छ।’
     
    ‘हाम्रो मलले चार वर्ष देखि सगरमाथा इन्स्योरेन्स कम्पनीलाई प्रत्यक वर्ष ६ लाख रुपैयाँको दरले प्रिमियम बुझाउँदै आएको छु। अहिले उनीहरुले गरेको मूल्याङ्कनले त्यहि हामीसँग लिएको रकम नै फिर्तागर्नेगरी मूल्याङ्कन गरेको जस्तो भान भईरहेको छ।’ कार्यकारी अधिकृत राउतले भने।
     
    यसले इन्स्योरेन्स कम्पनी र सर्भेयर सर्भेयर कन्सल्टेन्सीले मिलेमत्तोमा क्षति मूाल्याङ्कन गरेको भान हुन्छ। 
     
    २०७९ माघ २९ गते सिरहा सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवीमलको गोदाममा आकस्मिक आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेन लगायतका तिन रोड ४२ लाखभन्दा बढीको सामाग्री जलेर नष्ट भएको दावी गरेको छ।
     
    तर ,इन्स्योरेन्स कम्पनीले हायर गरेका सर्भेयरले ३ करोड भन्दामाथीको मागदावीलाई इन्स्योरेन्स कम्पनीलाई खुसीपार्ने मनासाय सहित  तथ्यहिन, पूर्वाग्रही मूल्याङ्कन गरेको सुपरमाकेटका कार्यकारी अधिकृत राउतको आरोप छ। 
     
     मार्केटको रेटपनि नदिई ३७ लाख वरावरको मुल्याङकन रिर्पोट पठाएको बताए। भवितव्य केहि घटना दुर्घटणा भयो भने तत्कालै राहत पाइने आसमा इन्स्योरेन्स गराए तर राहत दिनुको सट्टा सगरमाथा लुम्विनी इन्स्योन्स र सि.मेक कन्सलटेन्सीका मर्कचारीले म माथी अन्याय नै गरेको उनको आरोप छ । न्याय नपाए सम्म आफु यी दोय कम्पनि संग लडिरहने उनको भनाई छ । 
     
    विमा कम्पनि र कम्पनीको तर्फबाट हायर भएका सर्भेयरका कारण आफु मार्कामा परेको सिरहा सुपरमार्केटका संचालक जागिर अंसारीले जनाएको छ। उनले भने, ‘आगलागी भएकै दिन मैले इन्स्योरेन्स कम्पनिको ब्रान्च लाहानलाई जानकारी गराएका थिए।, ‘विमा कम्पनिको प्रतिनिधिपनि आयो र पछि विमा कम्पनिले भ्यालुवेटर हायर गरी स्थलगत रिर्पोटिङपनि गराए।, पछि सर्भेयरले फर्मको सबै डकुमेन्टहरु माँग गरियो हामीले दिनुपर्ने आवश्यक कागजात लगायतका डकुमेन्ट बुझाएको एवि मलका संचालक अनसांरीले सुनाए। 
     
    सुपरमार्केटका संचालक अन्सारीका अनुसार, सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनिले हायर गरेको सर्भेयर कम्पनि सि.मेक कन्सलटेन्सी प्रा.ली.लाई हामीले सबै डकुमेन्ट बुझाएको चार महिना वितिसक्दापनि तागेता गरेनन्।, सर्भेयर कम्पनिले वास्तापनि गरेनन्। तर हामीले त्यसपछि सर्भेयर र इन्स्योरेन्स कम्पनीलाइ हार गुहार सुरुगरे अनि सर्भेयरले चार महिना पछि भन्यो, तपाईले पठाएको डकुमेन्ट अपुग छ। पुनः सबै सच्याएर पठाउन भन्दै आलटाल गरे ।
     
    प्राय सवै उद्योग तथा कम्पनीहरुले भवितव्य केहि घटना दुर्घटणा भयो भने तत्कालै राहत पाइने आसमा इन्स्योरेन्स गराए पनि वीमा कम्पनीको ढिलासुस्ती र लापर्वाहीले व्यसायीहरु मर्कामा पर्दै आएका छन्। सगरमाथा लुम्विनी इन्स्योन्स कम्पनी र सि.मेक कन्सलटेन्सीका मर्कचारीको मनोमानीले  आफूमाथि अन्याय नै गरेको सञ्चालक अन्सारीको आरोप छ।
     
    आगलागीका बखत जनकपुर, मिर्चैयाका र गोलबजारको मलमा विक्रिकोलागि ल्याइएका सामाग्रीहरु काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि रहेका सरवर कम्यूटर, सीसीक्यामेरा, एसी मेसीन लगायतका सामाग्री पनि जलेको जनाएको छ। 
     
    आगलागी भएको वेलाको सीसीटिभि, लगायतका आवश्यक कागजातलाई वेवास्ता गर्दै सर्भेयर र इन्स्योरेन्स कम्पनिको मिलोमतोमा मागदावी गरेको रकमको १० प्रतिशत मात्र मुल्याङकन गरी पठाइएको गुनासो छ
     
    सर्भेयर कम्पनीले जलेका समाग्रीहरु धेरै कामलाग्ने भएको, म्याद गुज्रीएका समाग्रीहरुलाई आधार मानेर  मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरेको छ। 
     
    उनीहरुले प्रतिवेदनमा माँग दावी अनुसारका कागजात पूरा गर्न नसकेको,  आगो लागेरभन्दा पनि आगो निभाउने क्रममा सामानहरु क्षति भएको र म्याद सकिएका सामाग्रहरुपनि रहेकोले प्रतिवेदनमा उल्लेख गरेको छ। 
     
    यता सिरहा सुपर मार्केटले भने गोदाममा रहेका सामाग्री विक्रियोग्य नगरहेकाले सवैको वीमा दावी गर्दै आएको छ।  कम्पनीले सवै सामानहरु पूर्णरुपमा नजलेपनि धुवाको दाग, धुवाको गन्धका कारण विक्रयोग्य नरहेको बताउँदै आएको छ। कम्पनीले विक्रियोग्य नभएकाले सवै सामाग्रीको वीमादावी गरेको छ। 
     
    सी–मेक कन्सल्टेन्सी प्रा. लिका सर्भेयर शेरबहादुर बुढाले स्थलगत रिपोर्टिङ गरेर क्षति भएको बिलको आधारमा मूल्या‌ङ्कन गरेको जानकारी दिए। ‘हामीले स्थलगत निरीक्षण गरी जे जति क्षति भएको देखियो सोहीअनुसारको मूल्यांकन गरेको हो,’ उनले भने, ‘करिब सात दिन लगाएर गरिएको स्थलगत निरीक्षण गरी क्षति भएको बिलको आधारमा मूल्यांकन गरेको हो।’

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल