चन्द्रनगर गाउँपालिका कार्यालय र अध्यक्षको घरमा विद्यार्थीद्वारा ढुङ्गामुढा र आगजनी, उस्काउने र संलग्नहरुलाई कार्वाही गर्न माँग

    • जेठ २२, २०८०
    • ७३० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, २२ जेठ। सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालय र पालिका अध्यक्षको घरमा ढुङ्गामुढा र आगजनी गर्नेहरुमाथि कार्वाहीको माँग गर्दै प्रेस विज्ञप्ती जारी छ। आज सोमबार अपरान्ह सरकारी सम्पती तोडफोड र आगजानी गर्ने तथा गाउँ पालिका अध्यक्ष राजकुमार महतोको घरमा तोडफोड गर्नेहरुमाथि कार्वाहीको माँग गर्दै पालिकाले विज्ञप्ती जारी गरेको हो।

    गाउँ पालिकामा कोही नभएको मौकाछोपी केही उदण्ड व्यक्तिहरुको उस्काहटमा चन्द्रनगर गाउँपालिका २ मा रहेको चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युटका विद्यार्थीहरुले जनप्रतिनिधि तथा कर्मचारीलाई अपशब्द प्रयोग गर्ने, कार्यालय सहयोगीलाई कार्यकक्षमै थुनेर र सार्वजनिक सम्पति माथि तोडफोड गरी क्षति पुर्याउनेहरु माथि कानून अनुुसारको कारवाही गाउँपालिकाले विज्ञप्ती मार्फत माँग गरेको छ।

    विद्यार्थीहरुले नाराबाजी गर्दै अध्यक्ष महतोको घरमा समेत ढुङ्गामुढा गरेको अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिए।

    चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युट २०७६ सालमा स्थापना भएपनि आवश्यक शिक्षक तथा प्रिन्सिपल तथा व्यवस्थापन नभएको, प्रयोगात्मक सामग्री सहितको प्रयोगात्मक ल्याब, पुस्तकालय लगायतका पूर्वाधार अहँदै आएको थियो। साथै चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युट स्थापना भए देखि हालसम्म लेखा परिक्षण समेत नगराएको पे्रस विज्ञप्तिमा उल्लेख छ।

    वि.संं २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष राजकुमार महतो निर्वाचित भए लगतै ईन्स्टिच्युटमा बैठक बसाई विभिन्न चरणको विद्यार्थी, शिक्षक, संचालक समितिको पदाधिकारी, कर्मचारीहरुको सहभागितामा ईन्स्टिच्युटलाई व्यवस्थित बनाउने प्रकृया सुरु गरिएको जारी विज्ञप्तीमा उल्लेख गरेको छ।

    अध्यक्ष महतोले पोलिटेक्निक ईन्स्टिच्युट संचालन तथा व्यवस्थापन गर्न विद्यार्थीले माग गरे अनुसार सुशिल कुमार सिहंलाई निमित्त प्रिन्सपलको रुपमा नियुक्त गरिएको, ३ जना पूर्णकालिन शिक्षक भर्ना भएको, पुस्तकालयको व्यवस्थापन गरिएको, विद्यार्थीहरु बस्ने होस्टेलको व्यवस्थापनमा सुधार भएको विज्ञप्तीमा उल्लेख गरेको छ।

    विद्यालयको हिसाव पारदर्षिताको लागि लेखा परिक्षक नियुक्त गराउन निर्देशन दिइएको र कार्यान्वयन चरणमा रहेको र ईन्स्टिच्युटलाई नियमित सुधारको प्रकृयाका अगाडी बढाउँदा पढाउँदै केही व्यक्तिको उस्काहटमा उपद्रब मच्चाएको जारी पालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख भएको छ।

    पे्रस विज्ञप्तिमा उदण्डता गर्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलोज गर्ने, सार्वजनिक सम्पति माथि तोडफोड गरी क्षति पुर्याउने माथि कानून अनुुसारको कारवाही हुनुपर्ने, सार्वजनिक सम्पतिहरुको क्षतिपुर्ति तोडफोड गर्ने व्यक्तिले नै व्यहोर्नु पर्ने, विद्यार्थी उचाल्ने गिरोहहरुको सत्य तथ्य पता लगाई सार्वजनिक गर्न र कानुन बमोजिम कार्वाही गर्नुपन, राष्ट्रसेवक कर्मचारी माथि गरिएको हातपात, गालीगलोज, भित्रै थुनिएको र त्यसमाथि ढुङ्गामुढा गर्ने व्यतिmहरु माथि कानुनी कारवाही गरी जनप्रतिनिधी तथा कर्मचारीको सुरक्षा गर्नु पर्ने उल्लेख छ।

    klyanpur

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल