गर्मी बढेपछि मधेशका विद्यालयह एक सातालाई बन्द

    • जेठ २१, २०८०
    • १०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २१ जेठ। सिरहा सहित मधेश प्रदेशमा पछिल्लो केही दिनदेखि चर्को घामसँगै तातो हावा चलेल्नेक्रम बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै मधेशका विद्यालयहरु आउँदो शुक्रवार सम्मको लालगि बन्द गरीएको छ।

    विहानै देखि लाग्ने चर्को घाम र तातो हावाका कारण मानवस्वास्थ्यमा प्रतिकुल असरपर्ने भन्दै पालिकाले सूचना जारी गर्दै जेठ २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु विदा दिएको हो।

    सिरहाको मिर्चैया, गोलबजार, लहान लगाएतका पालिकाहरुले विद्याल बन्द गर्ने सूचना जारी गरेको छ।

    त्यसैगरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिकाका सवै विद्यालयहरु २६ गतेसम्को लागि बन्द रहने सूचना जारी गरेको छ।

    सप्तरी, महोत्तरी, सर्लाही, रौतहट बारा र पर्साका पालिकाहरुले पनि अत्यधिक गर्मिका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ।

    पलिकाहरुले बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बाल विकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द उल्लेख गरेको छ।

    गर्मीको कारणल विद्यालयमा बालबालिका बेहोस हुने, ज्वरो आउने क्रम बढेपछि केही दिनका लागि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो। पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४० डिग्री सेल्सियसभन्दा माथि हुँदा दैनिक जनजीवन समेत प्रभावित हुने गरेको छ।

    karjanaha

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल