बजेट सहितको अपाङ्गमैत्रि योजना निर्माण गर्न नगरपालिकालाई ज्ञापनपत्र

    • जेठ २१, २०८०
    • १,०५६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २१ जेठ। अपाङ्ग जागरण केन्द्र गोलबजार र ले अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था सुधार गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सहायक समाग्रीहरु तथा सचेतनामुलक कार्यक्रमहरुका लागि बजेट विनियोजनको माँग सहित गोलबजार र कल्याणपुर नगपालिकालाई आठ बुँदे ज्ञापनपत्र बुझाएको छ।

    स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका अवसरहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुग्न नसकेको भन्दै पहुँच वृद्धिको लागि बजेट सहितको योजना बनाउनुपर्ने माँग गर्दै गोलबजार नगरप्रमुख श्याम कुमार श्रेष्ठलाई केन्द्रका अध्यक्ष सन्तमान तामाङ्गले ज्ञापनपत्र बुझाएको हो।

    कल्याणपुर नगरपालिकामा भने जिल्ला अपाङ्ग तथा असहाय केन्द्रका अध्यक्ष तेजनारायण साह नेतृत्वको टोलिले ज्ञापनपत्र बुझाएका छन्।

    स्थानीय सरकारले बजेट विनियोजनसहित अन्य कृयाकलापमा अपाङ्गता भएका व्यक्ति तथा संस्थाहरुलाई सहभागी गराउन माँग गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय सरकारले बार्षिक कार्यक्रम र बजेट तर्जुमा गर्दा कहिलेकाहि अपाङ्गता भएका व्यक्ति र तिनका संस्थालाई संलग्न गराउने गर्दछन्। यस किसिमको सहभागिताले निरन्तरता भने पाउन सकेको छैन। अवको दिनहरुमा यसले नियन्तरता पाउनु पर्छ।’

    केन्द्रले आर्थिक तथा सामाजिक अवस्था सुधार गर्नका लागि शिक्षा, स्वास्थ्य, आयआर्जन, सहायक समाग्रीहरु तथा सचेतनामुलक कार्यक्रमहरुका लागि आर्थिक बर्ष २०८०/०८१ मा बजेट विनियोजन गर्न माँग गरेको छ।

    उनीहरुले स्थानीय उपभोक्ता समितिहरु, (वन, खानेपानी लगायत) मा प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत र कानुनी ब्यबस्थाको माँग गरेका छन्।

    नागरिकता, अपाङ्गता परिचय प्रमाण पत्र, स्वास्थ्य तथा अन्य सामाजिक सुरक्षाको वितरणका लागि एकिकृत सेवा शिविरहरु सञ्चालन, पालिका स्तरीय समीतीहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता सुनिश्चित, जनता आवास, सामाजिक सुरक्षा र प्रधानमन्त्री स्वरोजगार लगायत संरक्षण र सुबिधाका कार्यक्रमहरुमा प्राथमीकताको माँग गरेको छ।

    पलिका भित्रका सेवा प्रदायक भौतिक संरचनाहरु अपाङ्ग मैत्री, स्वास्थ्य र सरसफाई तथा अपाङ्गता समावेशि विपद जोखिम न्युनिकरण सम्वन्धि कार्यक्रममा बजेट विनियोजन लगायतको माँग गरेको छ।

    २०७८ को जनगणना अनुसार कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता भएका ब्यक्तिहरु छन्। अपाङ्गता भएका व्यक्तिमध्ये ५४.२ प्रतिशत पुरुष र ४५.८ प्रतिशत महिला छन्। कुल जनसंख्याको १.९४ प्रतिशतमा एक वा बढी प्रकारका अपाङ्गता रहेको देखाएका छन्।

    गोलबजार नगरपालिकाको कुल जनसङ्ख्या ६३ जार आठ सय ८५ रहेको छ। जसमध्येय १.६ प्रतिशत कुनै न कुनै प्रकारको अपाङ्गता भएका ब्यक्तिहरु छन्। अपाङ्गता भएका व्यक्तिमध्ये १.९ प्रतिशत पुरुष र १.२ प्रतिशत महिला छन्।

    दलित विकास मञ्च, सिरहाले गोलबजार नगरपालिका र कल्याणपुर नगरपालिकामा सीवीडल्यूएमको सहयोगमा अपाङ्गहरुको पहुँच वृद्धिगर्ने उदेश्य सहित ‘सवैका लागि समावेशिकरणः हाम्रो अभियान’ परियोजना सञ्चालन गर्दै आएको छ।

    mirchaia napa

     

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल