सिरहा, १८ जेठ। वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोले चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर रहेको बताएको छ।

चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका पदाधिकारीसँग आज सिरहामा भएको भेटघाटमा मन्त्री महतोले चुरे क्षेत्रको संवेदनशीलता र त्यसले तराई मधेसमा पार्ने प्रभावका विषयमा सरकार सचेत रहेको बताएको हो।

मन्त्री महतोले चुरे क्षेत्रको संवेदनशीलता र त्यसले तराई मधेसमा पार्ने प्रभावका विषयमा सरकारलाई राम्रो जानकारी रहेको बताउँदै संरक्षणमा प्रतिकूल असर पार्ने गरी कुनै कार्य नहुने प्रष्ट पारे।

पर्यावरण संरक्षणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको सकारात्मक भूमिकाले चुरे र चुरे हुँदै बग्ने खहरे एवम् नदी प्रणालीको व्यस्थापनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै निरन्तर कलम चलाउन मन्त्री महतोले आग्रह आगैह गरे।

भेटघाटका क्रममा चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका केन्द्रीय अध्यक्ष अनिलकुमार कर्णले संस्थाको उद्देश्यबारे जानकारी गराउँदै सञ्चारकर्मीलाई चुरे तथा नदी प्रणालीसम्बन्धी ज्ञान तथा संवेदनशीलता अभिवृद्धिका लागि वनमन्त्री महतोको ध्यानाकर्षण गराएका थिए।

आजै मन्त्री महतोले सिरहाको मिर्चैयास्थित मिर्चैया हिल पार्कमा वृक्षरोपन समेत गरेका थिए। स्थानीय संघ संस्था र सरकोकारबालाको उपस्थितिमा वृक्षारोपण भएको थियो।

346068596_1658326834638913_6635123022416425844_n 346078820_188589157478798_5317778043171233453_n