वडाअध्यक्षले गोप्य ढङ्गले गठन गरेको उपभोक्ता समिति विघटन गर्नुपर्ने स्थानीयको माँग

    • जेठ ११, २०८०
    • 1,162 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ११ जेठ। गोलबाजर नगरपालिका ६ का वडा अध्यक्षले सडक आरसीसी ढलान कार्यको उपभोक्ता समिति गोप्य ढङ्गले कोठामा निश्चित व्यक्तिभेला गरेर बनाएको भन्दै स्थानीयले विघटनको माँग गरेको छ। पूर्वाधार विकास कार्यालय सिरहाबाट वडा नम्वर ६ को कृष्णमन्दिर देखि भोटनाथ चौकसम्मको सडक आरसीसी ढलान गर्ने योजनाको उपभोक्ता समिति वडा अध्यक्ष संजित लामाले कोठामा वसेर बनाएको भन्दै स्थानीयले खाजेरी गरी पुनरगठनको माँग गरेको हो।

    स्थानीय उपभोक्ताहरु रामऔतार यादव, श्याम कुमार लामा, महेश साह, कमला लामा, सुनिल लामा, राज कुमार, राकेश साहसहितले लिखित रुपमा अपारदर्शी ढङ्गले वनाएको उपभोक्ता समिति विघटन गर्न माँग गरेको स्थानीय नविन लामाले बताए। उनले भने, ‘हामीले उपभोक्ताहरुलाई सूचना समेत नगरी वनाएको उपभोक्ता समिति हामी मान्दैनौं, सवैलाई राखेर पारदर्शी ढङ्गले नयाँ समिति गठन गर्नुपर्ने हाम्रो माँग हो।’

    वडाअध्यक्ष लामाले उपभोक्ता समिति गठन भईसकेकोले यसलाई विघटन गर्न आफूले नसक्ने भन्दै कार्यपालिकामा छलफल गर्ने बताए। उनले अहिलेलाई गठन भएका उपभोक्ता समितिलाई नै कामगर्न दिन अनुरोध समेत गरे।

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल