तस्करीको १६ थान सखुवाको चिरानसहित चारवटा साइकल बरामद

    • जेठ ९, २०८०
    • 175 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ जेठ। सिरहा प्रहरीले १६ थान साखुवाको चिरान सहित चार वटा साइकल बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलजारले गोलबजार नगरपालिका १० धर्मपुरको जङलमा लुकाइ छिपाइ राखेको सातफिटा सखुवाको चिरान १६ थान सहित चारवटा साईकल बरामद गरेको हो।

    साइकलमा ल्याइरहेको भन्ने सूचना पाएर गएका प्रहरीलाई देखेर काठ तस्करहरुले काठ लुकाएर भागेको हुनसक्ने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर डुपेन्द्र प्रसाद बुदाथोकीले जानकारी दिए। उनले भने, ‘हाम्रोमा सूचना आएपछि गएका थियौं, प्रहरी आएको सुईंको पाएपछि तस्करहरुले काठ लुकाएर भागेको हुनसक्छ।’

    बरामद काठ आवश्यक कार्वाहीको लागि सव डिभिजन वन कार्यलय चोहर्वालाई बुझाएको छ। यस क्षेत्रबाट बन तथा नम्वरी जमिनको काठ अवैधरुपमा ओसार पोसार हुँदा पनि वन कार्यालयका कर्मचारीभने अनविज्ञ जस्तै देखिन्छ।

    वन कर्मचारीकै मिलेमत्तोमा सिरहाका फर्निचर उद्योग तथा सः मिलहरुमा जङ्गलि काठहरु निर्वाधरुपमा आउनेगरेको आरोप लाग्दै आएको छ।

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल