परिवर्तनको हरेक आन्दोलनमा नेपाली महिलाको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री

    • जेठ ७, २०८०
    • 109 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ७ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रन्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान कारण देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव भएको बताए। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवम् विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बत्दै महिलाहरुको योगदानले देश यहाँसम्म आएको बताएका हुन्।

    प्रधानमन्त्री दाहालले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिला एकताबद्ध हुनुपर्ने बताए।

    उनले देशमा ठूलो राजनीतिक परिवर्तनका वाहक नेपाली श्रमजीवी महिला रहेको बताउँदै माओवादी क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि २०६४ सालकै अवस्थामा पुग्न सक्ने स्पष्ट पारे। अहिले गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीका जनवर्गीय सङ्गठनहरूलाई जनता केन्द्रित भएर परिचालन गर्न र सोहीअनुसार नीति तथा कार्यक्रम अगाडि सारिएको बताए। उनले अब कामकाजी सङ्गठन बनाउने र सोहीअनुसारको पद विभाजनको प्रक्रियालाई आत्मसात् गरिने बताए।

    सङ्घका अध्यक्ष अमृता थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङलगायतले महिला आन्दोलन र यसको प्रभावका बारेमा धारणा राखेका थिए।

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल