पर्साका सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत

    • जेठ ६, २०८०
    • २७३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    साङ्केतिक फोटो।

    वीरगञ्ज, ६ जेठ। चालु आर्थिक वर्ष २०७९र०८० को १० महिनामा पर्साका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार १० महिनाको अवधिमा पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको पूँजीगत खर्च ३५ प्रतिशत रहेको छ।

    यहाँका ४२ सरकारी कार्यालयले कूल बजेटको पूँजीगततर्फ ३५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशतमात्र खर्च गरेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए उनका अनुसार पूँजीगततर्फ चार अर्ब ४७ करोड २६ लाख ४२ हजार चार सय ३८ रुपैयाँमध्ये वैशाख मसान्तसम्म एक अर्ब ५५ करोड २२ लाख १६ हजार १८ मात्र खर्च भएको छ। चालुतर्फ १० अर्ब ३७ करोड ९३ लाख आठ हजार नौ सय ५७ रुपैयाँमध्ये वैशाख मसान्तसम्म आठ अर्ब ४६ करोड ११ लाख एक हजार नौ सय १२ खर्च भएको छ।

    वीरगञ्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र शसर्त बजेट पाँच अर्ब ४२ करोड ३५ लाख ८० हजार रुपैयाँमध्ये वैशाख मसान्तसम्म सबै पालिकाको पहिलो र दोस्रो त्रैमासिकमा गरी दुई अर्ब २६ करोड ५० लाख २२ हजार दुई सय रुपैयाँ निकासा भएको कार्यालयले जनाएको छ।

    समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुलगायत कारणले सरकारी कार्यालयको पूँजीगत खर्च र विकास बजेट खर्च कम भएको हुनसक्ने प्रमुख उप्रेतीको भनाइ छ।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल