प्रचलित कानुन अनुसार ऋण र व्याज फिर्ता गराउने वातावरण वनाउन साहुहरुको सरकारसँग माँग

    • जेठ ५, २०८०
    • ९८१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ५ जेठ। आफूहरुले गाउँ घरमा गरेको लगानी कानुन अनुसारको व्याज सहित फिर्ता गराउन माँग गर्दै सिरहाका साहुहरु संगठित भएका छन्। पीडित साहु संघर्ष समिति सिरहाले गोलबजारमा एक कार्यक्रमको आयोजना गरी गाउँघरमा विभिन्न घरायसी कार्यकालागि लगानी गरिएका ऋणहरु कानुनले दिए अनुसार व्याजसहित फिर्तागराउन माँग गर्दै संगठित भएका हुन्।

    साहुहरुले मिटरव्याजीको नाममा आतंक मञ्चाउँदै सरकारले गाउँ–घरमा तत्काल आवश्यक पर्दा लगानी गर्ने वातावरण विगारेको बताए। उनीहरुले मर्दा पर्दा, विवाह बटुलको लागि छिमेकीलाई नै पैसा जरुरी भयोभने दिने अवस्था नरहेको उनीहरुको भनाई रहेको छ।

    संघर्ष समितिका अध्यक्ष धनेश्वर यादवले सरकारले ऋणलिएकाहरुको एकतर्फि कुरा सुनिरहेको आरोप लगाए। एनले भने, ‘सरकार जसरी एकतर्फी कुरा सुनिरहेको छ, त्यो सरकारसर गलत छ। हामीले गाउँ घरमा मर्दा पर्दा छिमेकी वा चिनजानकालाई ऋण दिएका छौं, हाम्रो सावाँ र नियम अनुसारको व्याज सहित फिर्ता गर्ने वातावरण बनाउनु पर्छ।’

    अध्यक्ष यादवले संचारक्रर्मीहरुसँग भने, ‘ऋण लिदा ऋणि र साहुविच जसरी सहमति भएको छ, त्यसरी त्यसेरी लेनदेन गर्र्दा सवैभन्दा राम्रो। अन्यथा उनीहरुले बनाईएको कागजको आधारमा आफ्नो लागानी व्याज सहित फिर्ता गराउने वातावरण सरकारले बन्नु पर्छ।’

    समितिले मिटरब्याजको नाममा भईरहेको आतङ्क बन्द गरियोस्, मिटरब्याज सम्बन्धि उजुरी विनाप्रमाण दर्ता नगरियोस्, प्रहरी प्रशासनको दमन बन्द गरियोस्। जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरी स्थानीय तहमा छलफलको लागि पेश गरियोस्, हाम्रो कर्जाको प्रचलित कानुन बमोजिम साँबा र व्याज उपलब्ध गराइयोस् र लेनदेन व्यवहारलाई मर्यादित र सहज बनाइसोस् भन्ने ६ बुदे माँग पत्र पनि तयार परेको छ। व्यसायीहरुले यो माँग सहितको ज्ञापनपत्र तत्काल जिल्लाका १७ वटै स्थानीय तहमा बुझाउने बताएको छ।

    सिरहामा लिएको ऋणको तीन दोवर काजग बनाउने चलन छ। त्यसैले पनि साहुहरुले कागज अनुसार कानुन बमोजिम वा चलन अनुसार ऋण फिर्ता गर्न माँग गरिरहेको छ।

     

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल