सिरहाका किरात राईले मनाए साकेला उभौली

    • बैशाख ३१, २०८०
    • ८२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा ३१ बैशाख। सिरहामा बसोबास गर्ने किरात राई समुदायले शनिबार गोलबजार नगरपालिका ४ मा विभिन्न झाँकी सहितको सास्कृतिक कार्यक्रम गरेर साकेला उभौली पर्व मनाएका छन्।

    किरात राई यायोक्खा नगरकमिटी गोलबजारको आयोजनामा बुद्ध पूर्णिमापछिको दोस्रो शनिबार परम्परागत जातीय भेषभूषा लगाएर र बाजागाजा सहित साकेला नाचेर आपसमा खुशियाली साटासाट गरेका हुन्।

    साकेला उभौली पर्वको अवसरमा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले शुभकामना व्यक्त गरे। उनले सवै जात जाती भाषा भाषीको विकासको लागि पालिकाको तर्फबाट गर्न सकिने सवैखालको सहयोग गर्ने प्रतिबद्धता जनाए।

    सोही अवसरमा किरात राई यायोक्खाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अन्जनी राईले पर्वको शुभकामना दिँदै आफ्नो जातिय पहिचानको लागि सवै एकजुट हुनुपर्नेमा जोड दिए।

    कार्यक्रममा विभिन्न जातिय संगठनका अगुवाहरुको उपस्थिति रहेको थियो। उनीहरुले सवैजात समुदायको पहिलो पहिचान भाषा भएको बताउँदै भाषा संरक्षणमा राज्यले पहलकदमी लिनुपर्ने बताए। कम्तीमा प्राथमिक तहका विद्यालयहरुमा स्थानीय भाषा पढाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए।

    साकेला उभौली २०८० को अवसरमा जिल्लाका विभिन्न स्थानबाट किरात राई समुदाय जम्मा भएर आपसमा खुशियाली साटेका थिए।

    कार्यक्रम किरात राई यायोक्खा गोलबजारका अध्यक्ष मधुकुमार राईको अध्यक्षतामा सम्पन्न भएको छ।

    sakela (4) sakela (2) sakela (5)

     

     

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल