सिरहा, २८ बैशाख। सिरहास्थित मारुती सिमेन्ट उद्योगका कार्यरत एक मजदुरको मेशिन मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ। कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेकाबेला बेल्डले लागेरक भारतको मध्येप्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो।

कमेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर चुडिए घाईते तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धन भईरहेको जनाएको छ।

घाइते तिवारीलाई उद्धारमा ढिलाई भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ। युनियनका प्रतिनिधिहरुले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन्। उद्योगका कार्यरत मजदुरहरुको उचित सुरक्षा व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्युहुने गरेको उनीहरुको भनाई रहेको छ।

SUKHIPUR, siraha