ऋषि जल भरिएको बोतलमा लेउ भेटियो, जनस्वास्थ्यमाथि खेलवाड भएको उपभोक्ताको आरोप

    • वैशाख २७, २०८०
    • ४९३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,२७ वैशाख। सिरामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ। गोलबजार नगरपालिका १० का वसन्त कुमार महतो लहानगएको बेला तिर्खालागि एक पान पसलबाट किनेको ऋषि जल नामक पानिको बोतलमा कागजको टुक्राजस्तो वस्तु देखिएको हो।

    तिर्खाएका महतोले पानी किनेर बतल फुटाउन खोज्दा बतल भित्र लेउ देखेपछि बोतल सुरक्षित राखि सञ्चारकर्मीहरुलाई देखाएको छ। उनले बोतलमा भरिएको पानीमा समेत लापर्वाही देखिनु स्वस्थ्यमाथि खेलबाड भएको बताए। महतोले भने, ‘पछिल्ला दिनहरुमा मानिसले स्वास्थ्यको ख्याल गर्दै बोतलको पानी किनेर पीउने गरेपनि यसको विश्वसनियता कम हुँदै गएको छ। पानीमा कहिले कागज, प्लाष्टिकको टुक्रा, मरेका किरा आदि देखिन्छ। यो मानव स्वास्थ्य माथिको खेलवाड हो।’

    उनले यहाँ उत्पादनहुने पानिको गुणस्तर नियमनकारी निकायले समय सयमा चेक जाँच र नियमित अनुगमन नगर्दा उत्पादकहरुले लापर्वाही गरेको आरोप लगाए।

    पानीमा भेटियको लेउको विषयमा ऋषि जल उद्योग फोन सम्पर्क गर्दा आफूलाई म्यानेजर बताउने रामलोचन नामका व्यक्तिले तपाइँले लिएको पानीमा फोहर पाईएको भए हामीलाई पठाइदिनुस कहाँबाट कमजोरी हुनगएछ त्यसलाई कार्वाही गर्छु भने। पानीमै फोहर कसरी पस्यो त ? भनि सोदा उनले भने, ‘पत्रकारहरुको काम छैन, बजारमा खसीको मासु भनेर पाठी (बाख्रा) को मासु वेचिरहेको छ। तपाईहरु देख्नुहुन्न। एउटा पानीको बोतलका कागजको टुक्रा देखियो भनेर यत्रो कुरा गर्नुहुन्छ; भन्दै ओठे जवाफ फर्काए।

    यस विषयमा सिरहा जिल्लाका साहयक–प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले मानिसको स्वस्थयसँग खेलवाड गर्ने कसैको अधिकार नरहेको बताउँदै उनले भने, ‘हामि तत्काल अनुगमन गर्छौ, अनुगमन गरिसकेपछि ल्याब पठाउछौ ल्याबको रिपोट के आउँछ त्यो अनुसार कानुनि बमोजिम कार्वाही हुन्छ।’

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल