‘बैमानी’ बाट पेम्बाको उदय : पुष्पलाई पक्रिने कविता र सन्तोषको चाल असफल

    • बैशाख २३, २०८०
    • 102 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २३ बैशाख। ‘बैमानी’ बोलको गीतमार्फत गायक पेम्बा लामाले नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेका छन्। उदय सागरको शब्द सृजना, दिपक विश्वकर्माको संगीत र पेम्बाको आवाजमा सजिएको ‘बैमानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोको एरेञ्ज गोपाल रसाईलीले गरेका छन्। केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा निर्मित म्युजिक भिडियोमा पुष्प खड्का र कविता नेपाली प्रमुख पात्रका रुपमा अभिनित छन् भने सञ्चारकर्मी एवम् चलचित्र पत्रकार सन्तोष बस्ताकोटी, हेन्सल लामा र सुदर्शन पन्तको अभिनय पनि देख्न सकिन्छ।

    गायक पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानीमा म्युजिक भिडियो निर्माण गरिएको हो। बुद्ध थापाले छायांकन गरेको भिडियोको सम्पादन वन्दे प्रसादले गरेका छन्।

    कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको ‘बैमानी’ पहिलो गीत हो। गीतसंगीतमा सानैदेखि रुचि राख्ने पेम्बा कोरियामा बसेर संगीतको साधना गरिरहेका छन्। उनी भन्छन् ‘यो मेरो पहिलो प्रयास हो, संगीत क्षेत्रप्रतिको लगाव र मेरो मेहनतको प्रतिफल तपाईको माझमा पस्किएका छौँ, कृपया सबैले माया गरिदिनुहोला। साथै पहिलो प्रयास कस्तो भएको छ भन्ने तपाईहरुको प्रतिक्रियाले मलाई आगामी दिनमा अझै मेहनत गर्ने ऊर्जा प्राप्त हुनेछ।’

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल