प्रतिकात्मक फोटो।
सिरहा, २१ बैशाख। प्रहरीले अवैधरुपमा हुण्डि कारोवार सञ्चालन गरेको आरोपमा एक व्यवसायीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजार र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को विशेष टोलिले राष्ट्र बैंकसँग अनुमति नलिई अवैधरुपमा हुण्डि कारोबार गर्दै आएको भन्दै विहिवार अपरान्ह गोलबजार नगरपालिका ४ का ३० वर्षिय किशुनलाल साहलाई पक्राउ गरेको हो।
विशेष सुचनाको आधारमा आएका सीआईबीको टोलिले गोलबजार प्रहरीको सहयोगमा साहले अवैध हुण्डि कारोवार गर्दै आएको आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रबिन्द्रराज पाण्डेले जानकारी दिए। उनले यो राष्ट्र बैंकसँगको सम्वन्ध भएकोले तत्काल केही बताउन नसकिने जनाए।
पक्राउ परेका साहको साथबाट एक थान मोवाईल बरामद गरेको प्रहरीले जनाएको छ। साहलाइ आजै सीआईबी टोलिले थप अनुसन्धानको लागि काठमाडौं लगिएको जनाए।