स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याउँदैछौं : मेयर यादव

    • बैशाख १७, २०८०
    • 125 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,१७ बैशाख। सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीन कुमार यादवले स्वास्थ्य क्षेत्रलाई लक्षित गरेर विशेष प्रकारका कार्यकामहरु ल्याउन लागेको बताए। आर्या फर्मा ल्याब प्रालिको आयोजनामा सिरहा सदरमुकाममा सम्पन्न एकदिने पारा मेडिकल कार्यक्रममा मेयर यादवले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन बजेट सहितको विशेष कार्यक्रम ल्याउने बताएका हुन्।

    विगतका दिनमा यो फर्मासंथ स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको अनुभव सुनाउँदै नगर प्रमुख यादवले भने, ‘राम्रो औषधि उत्पादन गरेपछि मूल्यांकनमा नेपालमा तेश्रो स्थान हासिल गरेको छ।’

    ‘सुखी जीवनका लागि पैसा कमाउनु राम्रो हो। सबैले कमाउ छ’ उनले भने, ‘आफूसँगै आफ्ना समाजका लागि योगदान गर्नुपर्ने खाँचो छ। सबैले सामाजिक रूपान्तरण खासगरी स्वास्थ्य सेवामा योगदान गर्नुपर्ने हुन्छ।’

    विपन्न लक्षित गर्न स्वास्थ्य सुधारका कार्यक्रममा सहयोग गरिदिन उनले आग्रह गरे। नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारका कार्यहरूमा यस फर्मले उत्पादन गर्दै आएको वस्तु तथा सेवालाई प्राथमिकतामा राख्ने उनले प्रतिवद्धता जनाए।

    खासगरी यो फर्माले औषधि उत्पादन गर्दै आएको फर्माशिष्ट विवेकानन्द भुडेरले बताए। उत्पादित औषधि तथा सेवाबारे आउने सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिवद्धता जनाए।

    कम्पनीका जेनरल मेनेजर विकास बराल, विवेकानन्द भुडेर, दिलीप कुमार पटेल लगायतले कम्पनीको उत्पादित औषधि र सेवाबारे मन्तब्य तथा डेमो प्रस्तुति दिएका थिए।

    साथै सो डेमो तथा प्रस्तुतिमाथि सहभागिहरुले सबाल जवाफ गरेका थिए। कार्यक्रममा सिरहा र सप्तरीका औषधि पसल, हेल्थ केयर, किल्निक सञ्चालक तथा डाक्टरहरूको सहभागिता रहेको थियो।

     

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल