सिरहा १२ बैशाख। सिरहाको मिर्चैया नगरपालिकामा वर्षौंदेखि वसोवास गर्दै आइरहेको व्यवसायीहरुको घर टहरा भत्काएको प्रति राजनीतिक दलका प्रतिधीहरुको ध्यानाकर्षण भएको भन्दै संयुक्त विज्ञप्ती जारी गरेको छ। घरभत्काउने र उठिवासगर्ने क्रियाकलाप कानुन विपरित भएकोले पिडितहरुको समस्या प्रति गमभीर हुन सम्वन्धित सवैपक्षसँग आग्रह गर्दै आज दलहरुले दलहरुले संयुक्त विज्ञप्ती जारी गरेको हो।

प्रतिनीधिसा सदस्य तथा जनता समाजवादी पार्टीका राजनैतिक समिति सदस्य विरेन्द्र प्रसाद यादव, प्रतिनीधिसा सदस्य तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिलानाथ श्रेष्ठ, प्रतिनीधिसा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मन्जु खाँण, पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य महेन्द्र पासवान, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अजय शंकर नायक, एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह मधेश प्रदेश सभा सदस्य त्रिभुवन साह, कञ्चन विच्छा, भाग्यश्री कुमारी चौधरी, दिलिप साहद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘घरहरु भत्काउदा घरधनीहरुमा पर्न गएको पिरमार्का प्रति हामी राजनितिक दल रजनप्रतिनिधिहरु निकै दुखि भएका छौं। यस्ता किय्राकलाप कानुन विपरित भएकोले पिडितहरुको समस्या प्रति गमभीर भई नगरपालिका, मालपोत र विशेष नापी निकायहरुबाट कमी कमजोरी भएको हो। सोलाई अविल्मव सच्याई न्याय दिन सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौ।’

विज्ञप्तीमा अगामी दिनमा यस्ता क्रियाकलाप नदोहराउन तथा पीडित क्षतीपुर्ती समेत दिलाउन माँग गरिएको छ। जनतालाई दुखदिने यस्तो कार्यगरे दोहरीय आन्दोलत पिडितहरुको साथमा राजनितिदल र जनप्रतिनिधिहरु रहेको विज्ञप्तीमा उल्लेख गरेको छ।

मिर्चैया नगरपालिका वार्ड नम्वर ५ अन्तर्गतको किता नम्वर.२ क को २५६ र २ ख को ६० नम्बरको गाउँ ब्लक भित्रमा पर्ने जग्गामा पुस्तौ देखि घर वनाई बसोवास गरिरहेको जग्गा धनीहरुले हामी राजनितिक दल र जनप्रतिनिधिहरुको साझा धारणा आवश्यक देखिएकोले उतm घरवासको जग्गा लगायत अन्य जग्गाहरु २००४ सालमा नापी भएको वेला घर भएको र पसल बजार भएको जग्गालाई घरवास शब्द राखि नापी गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। यो जग्गामा २००४ साल अघिदेखि नै घर टहरा बनाएर बजार स्थापना गरेको स्थानीयको भनाई छ।

‘वर्षैदेखि व्यसायी गर्दै आएका सम्बन्धित घरधनिहरुकै नाममा प्रकृया पुर्याई लालपुर्जा अविलमव दिनको लागी सम्बन्धित निकायलाई हार्दिक अपिल गर्दछौ’ दलहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

दलद्वारा जारी विज्ञप्तीमा सोही क्रममा भएका शान्तिपुर्ण आन्दोलनलाई प्रहरीद्वारा दमन गर्ने क्रममा घाईते भएकाहरुलाई अविलम्व उपचार गार्न र उनीहरु प्रति भएका अभद्र र अमानवीय व्यवहार प्रति दुख व्यक्त गर्दछौ। साथै जनतामा शुशासनको प्रत्याभुती हुनेगरी त्रुटी गरेका निकयहरुलाई कार्यवाहीको दायरामा ल्याउनहुन नेपाल सरकार संग विशेष आग्रह गदृछु; विज्ञयप्तिमा उल्लेख गरिएको छ।

daliy bigyapti