आजबाट गोलबजार मेयर गोल्डकपसुरु, उद्घाटन खेलमा मकमानपुर ११ विजयी

    • बैशाख ९, २०८०
    • 295 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ वैशाख। सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा शनिवारबाट सुरुभएको ‘छैठौं मेयर गोल्डकप’ उद्घाटन खेलमा मकवानपुर ११ हेटौंडाले विजयी सुरुवात गरेको छ। गोलबजार नपा २ गुरुत्रामस्थित एकीकृत खेलग्राममा सुरु पहिलो दिन मकवानपुर ११ हेटौंडाल र गाइघाट फुटबल कल्ब उदयपुर बिच भएको खेलमा सून्यको विरुद्ध एक गोलगर्दै मकवानपुर ११ विजयी भएको हो।

    प्रतिस्पर्धातत्मक खेलको दोस्रो हाफको ६१ औं मिनटमा मकवानपुर ११ का जर्सिनम्वर ८ का खेलाडी आयुषलामाले गोल गरेका थिए।

    उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले वर्षमा एकपटक गोल्ड कप गरेर खेलको विकास नहुने बताए। उनले खेलको विकास र रक्षाको लागि खेल र खेलाडीहरुलाई निरन्तर अभ्यासको जरुरी रहेको बताउँदै त्यसकालागि नगरपालिकाले पहलकदमी लिनु पर्नेमा जोड दिए।

    सोही क्रममा पूर्व मन्त्री समेत रहेका श्रेष्ठले खेल जीवनको अभिन्न अङ्ग बनेको बताउँदै खेलको माध्यमबाट देश विदेशमा आफ्नो ठाउँलाई परिचाय स्थापित गर्ने बताए। उनलेको माध्यमबाट विस्तारै अन्य रोजगार र व्यसाय पनि सृजना हुने उनको भनाई छ।

    मेयर गोल्ड गपको लागि गोलबजार नगरपालिकाले २३ लाख रकम विनयोजन गरेको छ। गोल्ड कपमा प्रथम हुने टिमलाई दुई लाख ५१ हजार र दोस्रो हुने टिमलाइ १ लाख ५१ हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ।

    मेयर श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मनोज कुमार सिंह, पूर्व मेयर देवनाथ साहसहित जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहको थियो।

    मेयर गोल्ड कपमा देशभरीका १० वटा टिम सहभागी रहेका छन्। भोलीको खेल गुरुधाम फूटवल क्लवम गुरुधाम सिरहा र बागमति युवा क्लव सर्लाहीविच हुने छ। आजदेखि सुरुभएको मेयर गोल्ड कपको फाईल खेल १८ गते हुने छ।

    57e8380d-7398-4beb-a46a-72cb14fb56cf 5e4b40ad-4088-4597-89c7-09b527444fc4 8197f790-7fb3-4dd0-9161-8b81a2fb5c3e 239da03c-0a62-4c6c-b8ed-00fbab0a6efd

     

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल