प्रहरी प्रशासनकै मिलोमतोमा सिरहामा तस्करी मौलाउँदै

    • बैशाख ६, २०८०
    • ४०८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा ६ बैशाख। प्रहरी प्रशासनकै मिलेमत्तोमा सिरहामा भारतीय बजारबाट हुने तस्करी मौलाउँदै गएको छ। भारतीय बजारसँग सीमाना जोडिएकाहुनाले सिरहाको विभिन्न नाकाहुँदै दिनहुँ लाखौं मूल्यको लत्ताकपडा तथा खाद्यान्न भित्रिदाँ पनि प्रहरी प्रशासन भने वेखवर जस्तै छ।

    तस्करी मौलाएको जनगुनासो बढ्न थालेपछि आज बुधबार विहान सशस्त्र प्रहरी वलले सिरहाबाट विलविजक केही नभएको २० वोरा चिनि बरामद गरेको छ। माडरबाट चोहर्वा तर्फ आईरहेको विङ्गरबा ल्याई रहेको अवस्थामा सशस्त्र प्रहरीले ५० केजी दरको २० वटा बोरा बरामद गरेको हो। यात्रुवाहक गाडीमा लोड गरी ल्याएको जिनिको जिम्मा कसैले नलिएको भन्दै सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा वरामद गरेको जनाएको छ।

    शसस्त्र प्रहरी वल नेपाल नं. ७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले नियन्त्रणमा लिएको चिनी आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको बताए। तस्करीमा प्रयोग भएको सवारी साधान नियन्त्रणमा नलिनुको कारणबारे जिज्ञासा राख्दा उनले यो आन्तरिक मामिला भएकोले तत्काल बताउन नसकिने बताए। उनले अहिले तत्कालै सवैकुरा बताउन सकिन्न थप सुचना चाहिए हेडक्वाटरमा सम्पर्क गर्नुस्; भन्दै फोन काटे।

    प्रहरीले वेवारीसे भनेको चिनि र चिनी बोकेको सवारी साधन गोलजार नगरपालिका ८ चोहर्वाका लाल नामगरेको व्यवसायीको रहेको स्रोतको दावी छ।

    त्यसैगरी, हिजो मंगलबार विहान पनि तस्करी भइरहेको गुनासो पछि सिरहा प्रहरीले सिरहा नगरपालिका ९ गुलरियाबाट भन्सार छली ल्याएका १५ बोरा मैदा प्रहरीले नियन्त्रणमा लियो। मडरबाट चोहर्वातर्फ ज १ ज ३१५ नम्बरको म्याजिकमा ल्याईरहेको सुचनाको आधारमा प्रहरीले मैदा नियन्त्रणमा लिएको हो।

    यस्तै, एक साता अघि सिराहाको लहान नगरपालिका २ बाट सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँबराबरको मिनी ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको छ।

    भारतबाट अवैध रूपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वाले नियन्त्रणमा लिएको हो।

    गस्तीमा रहेको सशस्त्र प्रहरीले प्र. २–०१ ००१ ख ०२९८ नम्बरको मिनी ट्रक रोकी जाँच गर्न खोज्दा ट्रकचालक ट्रक रोक्नेबित्तिकै फरार भएका थिए। नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

    भन्सार असुलिको ग्राफले पनि तस्करी मौलाउको पुष्टि गरेको छ। जिल्ला भन्सार कार्यालयले यस आर्थिक वर्षको चैत मसान्तसम्ममा लक्ष्यको ३१ प्रतिशतमात्र भन्सार असुलि गरेको छ। चैत मसान्तसम्ममा १९ हरोड ९५ लाख ४६ हजार भन्सार असुलिको लक्ष्य लिएको भएपनि ६ करोड २४ लाख ३४ हजारमात्र असुलि भएको छ।

    यसले भारतीय बजारबाट निर्वाधरुपमा लत्ताकपडा, खाद्यान्न सहितको समाग्रि भित्रीने गरेको देखिन्छ। सीमामा खटिएका सशस्त्र प्रहरी, ठाउँ ठाउँमा रहेको नेपाल प्रहरी र भन्सारको कर्मचारीकै मिलेमत्तोमा तस्करी हुनेगरेको स्थानीयको आरोप छ।
    घरायसी प्रयोगको लागि ल्याउने ५ केजी चिनी ल्याउँदा सोधखोज गर्ने प्रहरीले लाखौंको सामाग्रि भित्र्याउनुले सरोकारबाला निकायकै साठगाठ देखिन्छ।

    337281637_1219096778583854_685184571138114729_n

    GBR MUN

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल