अर्थतन्त्रमा देखिएको दवाव कम गर्न सवैको सहयोग आवश्यक छः अर्थमन्त्री रिजाल

    • बैशाख ५, २०८०
    • २५० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    वीरगञ्ज, ५ बैशाख। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमाथि देखापरेको दबाब कम गर्न उद्योगी व्यापारीको सहयोग आवश्यक रहेको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री रिजालले राजनीतिक अस्थिरता, कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण आर्थिक मन्दीको दुशचक्रमा फसेको नेपाललाई सहज अवस्थामा ल्याउन नेपाली उद्योगपति व्यापारीको सहयोग अति नै आवश्यक रहेको बताएका हुन्।

    उनले मुलुकको आवश्यकतालाई १२ महिनासम्म धान्न सकिने विदेशी मुद्राको सञ्चिति भए पनि विश्व मन्दिका कारण अर्थतन्त्रमाथि दबाब परेको बताए। मन्त्री रिजालले उद्योगी, व्यापारी, राष्ट्र सेवक, राजनीति दल सबै पक्ष एकजुट भइ समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए। उनले उद्योग व्यापारका क्षेत्रमा विविध समस्या छन् र ती समस्यालाई ऐन कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न नेपाल सरकार तयार रहेको जानकारी दिए।

    उद्योग व्यापारको विकास विना नेपाल र नेपाली समृद्ध हुन नसकिने भएकाले यी क्षेत्रमा देखिएको समस्यालाई चाँडो सम्बोधन गर्न उद्योगी व्यापारी र राष्ट्र सेवकको संयुक्त समूह नै गठन गर्न आफू तयार रहेको मन्त्री रिजालले बताए।

    मुलुकभित्र समस्या धेरै भए पनि वर्तमान सरकार पाँच वर्ष टिक्ने र देखिएको समस्यालाई विस्तारै भए पनि हल गर्दै जाने मन्त्री रिजालले विश्वास व्यक्त गरे। उनले समस्या नै समस्याको चाँङ रहेको वर्तमान अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न सबै क्षेत्र सकारात्मक हुन आवश्यक रहेको विचार व्यक्त गरे।

    IMG20230415062033 GBR MUN

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल