गमकपोष्ट सम्बादाता / सिराहा ५ बैशाख। मिर्चैया नगरपालिका ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिन देखि गरिरहेको दुसप्रचार सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाईएको घर टहरा हटाइएको विषयमा राजनीतिक उकसाहट्मा नगरलाइ बदनाम गर्ने नियतले गरिएको दुसप्रचारको बिरोधमा नगरपालिकाले प्रेस बिज्ञप्ति जारी गरेको हो।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले हिजो एक विज्ञप्ति जारी गर्दै जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाईएको घर टहरा हटाइएको बिज्ञप्तिमा उल्लेख गरेका छ्न।
घरटहरा हटाउन नगरपालिकाले जारी गरिएको सुचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको विज्ञप्ति मार्फत जनाइएको छ । मेयर यादबद्धारा हस्ताक्षरित विज्ञप्तिमा राजनितीक प्रतिशोध शाँध्न केही नेताहरुको बहकाउमा आफ्ना विरुद्ध नारा जुलुस र दुसप्रचार गरिएको जनाइएको छ ।
नगरप्रमुख यादबले सो जग्गा आफ्नो आसेपासेको नाममा दर्ता गराउन लागिएको बिषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन । बरु मिर्चैयाको गुदरी बजारमा रहेको बजारलाई व्यावस्थापनको लागी सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिनुभयो ।
मिर्चैया नगरपालिका ५ साविक २ क को कित्ता नम्बर २५६ को ३–१२–१७ क्षेत्रपफ्ल र वडा नम्बर २ ख को कित्ता नम्बर ६० को ०–२–५–० जग्गा नेपाल सरकारको नाममा रहेको र कुनै पनि व्यक्ति वा संस्थाको नाममा नापी नगरिदिन भनी नगरले नापी कार्यालय सिरहाको नाममा पत्र लेखी पठाइएको साथै सो को जानकारी विशेष नापी कार्यालय मिर्चैया लगायत सम्बन्धित निकायमा जानकारी गराईसकेकोले कुनै किसिमको गलत प्रचारको पछाडि नलागिदिनुहुन नगरले अनुरोध गरिएको छ।