सिराहा २९ चैत । देशव्यापी रुपमा नागरिक बचाउ अभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाई भोली (विहिवार) सिराहा आउने भएका छन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानी दुर्गा प्रसाई सिराहाको गोलवजारमा युवा व्यापारी संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागि हुन आउन लागेको हो ।
कार्यक्रम विहिवार दिउसो १ः०० बजे गोलवजारको मुख्य चौकमै गरिने कार्यक्रम संयोजक जिवछ साहले जनाएको छ । उनले भने, ‘ बैंक तथा वित्तिय संस्थाको आतंक र वेतिथि विरुद्ध देशव्यापी अभियान सुरु गरेका अभियानी प्रसाईको अभिव्यतिm सुनिदिनकालागी कार्यक्रममा उपस्थिति हुन सबैलाई आयोजकले अनुरोध गरेको छ ।
फागुन १ गते मेचीबाट पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा सुरु भएको अभियानको निरन्तरता स्वरुप सिराहामा पनि कार्यक्रम हुन लागेको हो ।