सिरहा प्रादेशिक अस्पतालमा आगलागी, उपचारमा रहेका एक बिरामीको मृत्यु

    • चैत्र २९, २०७९
    • ३९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ चैत। सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा आज अपरान्ह भएको आगलागीको कारणले डायालाइसिस गराइरहेका एकजनाको मृत्यु भएको छ। अस्पतालको जेनेरेटरमा आगलागी हुँदा नजीकै रहेको डायलासिस वार्डमा उपचार गराईरहेका सिराहाको बरियारपट्टी गाउँपालिका खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको हो।

    आगलागी भएपछि वार्डमा भागाभाग भएको थियो। त्यस क्रममा डायालाइसिस गराइरहेका दासलाई रगतको कमी भएकोले रगत चढाइएको थियो। आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्यधिक रक्तस्राव भएको थियो।

    अत्यधिक रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। आगलागीको समयमा आठजना थप बिरामीले डायालाइसिस गराइरहेका थिए।

    पहिलेदेखि सिकिस्त दासको उपचारको क्रममा मृत्यु भएको अस्पचालका सूचना अधिकारी अशोक सिंहले बताए।
    आगलागिका कारण अरू वार्डमा भर्ना भएका बिरामीहरूको पनि भागदौड मञ्चिएको थियो। डायलाइसिस, एचडियू, प्रसूति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए।

    प्रहरीले जेनेरेटरको तार सर्टभएर आगलागी भएको भनियपनि घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ। आगलागीबाट क्षेति नभएपनि त्रासका कारण भागदौड मञ्चिएको थियो।

    SIRAHA ASPATAL 1

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल