काठमाडौं, २८ चैत। चलचित्र ‘नाइँ नभन्नु ल ६’ तोकिएको मितिमा प्रदर्शन नहुने भएको छ। २०८० आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तय भएपनि निर्मातहरुविच भएको आर्थिक विवादका कारण चलचित्र प्रदर्शनी रोकिने भएको हो।

निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिए। उनले भने, ‘तोकिएको मितिमा चलचित्र प्रदर्शन हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन हुन्छ।’

लगानीकर्ताहरुको विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए । उनले हामीले चलचित्र जाँचपासका लागि सिफारिस नरोकेको बताउँदै लेनदेनमा देखिएको समस्या समधान गर्न आग्रह गर्न बोर्डले बोलाएको बताए।

efcbd23f-e15b-4018-88eb-4351ae4c8708