घर पसल भत्काएको विरोधमा मिर्चैयाका सुकुमबासी र व्यापारी आन्दोलित

    • चैत्र २७, २०७९
    • ३२० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २६ चैत। घर तथा पसलहरु भत्काएको विरोधमा सिराहाको मिर्चैया बजारका सुकुमबासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्। । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुमबासी र व्यापारी नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन्।

    उनीहरूले ‘‘मेयरको ज्यादतीविरुद्ध संघर्ष समिति’ गठन गरेका छन्। नगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको भन्दै उनीहरूले र्‍याली निकालेका छन्। नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह नगरी जनतामाथि ज्यादती गरेको उनीहरुले आरोप लगाएका छन्।
    आफूहरूलाई बस्न र व्यापार गर्नका निम्ति तत्काल व्यवस्था गरिनुपर्ने, नगरपालिकाले घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, बस्दै आएको जग्गाको लालपुर्जा दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिइनुपर्नेलगायतका माग सहित आन्दोलनमा उत्रिएका छन्। आफूहरूको मागको सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने संघर्ष समितिका संयोजक अञ्जय साहले बताए।

    गाउँ ब्लक र बहाल–बिटौरीको जग्गा अतिक्रमण गरिएको भन्दै केही समयअघि त्यसमाथि बनेका संरचना नगरपालिकाले भत्काएको थियो। नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नगरी डोजर चलाएर घरबारविहीन बनाएको र व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको संघर्ष समितिका संयोजक साहले बताए।

    barger

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल