‘न्याय मात्र होइन, सत्ता नै दलाल पूँजीपति वर्गको कब्जामा’ व्यवस्थाले आफू अनुकूलको संरचना तलसम्म निर्माण गर्छ । पिंधमा रहेका आम श्रमजीवी मानिसले न्यायको परिकल्पना पनि गर्दैनन् । सबै क्षेत्र दलाल पूँजीपतिहरू बाहेक अरूको निम्ति कष्टकर छ । न्याय क्षेत्रमा पनि यही लागू हुन्छ ।

    • चैत्र २१, २०७९
    • २९३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    आहुति

    राज्य वर्गीय छ । पूँजीवादले राज्यसत्ता लोककल्याणकारी हुन्छ भनेर एउटा भाष्य निर्माण गरेको छ । दार्शनिक र सैद्धान्तिक रूपमा अहिले सबैभन्दा बढी विषयान्तर गर्न खोजिएको विषय हो, यो । यो प्रयत्न नेपालमा पनि भइरहेको छ । तर राज्य वर्गीय भएकोले यो खास वर्गको सेवाको निम्ति बनेको हो । अहिले राज्यले दलाल पूँजीपति वर्गको सेवा गरिरहेको छ । यो बनेको पनि त्यही वर्गको निम्ति हो ।

    अर्थतन्त्र, न्याय लगायत सबै क्षेत्रतिर केही वर्गलाई आधारभूत फाइदा हुने गरी सबै कार्यसम्पादन हुने गरेको छ । त्यो वर्गले न्यायालय, सुरक्षा, प्रशासन लगायत राज्य सत्ताका प्रमुख अंगहरू व्यवस्था र वर्गको कोणबाट दलाल पूँजीपतिको सेवाको निम्ति नै केन्द्रित छन् । फलतः न्याय क्षेत्र पनि यसैको अनुकूलतामा संरचना गरिएको छ । यसको नीति, नियम, काम गर्ने तरिका सबै कुरा यसको आधारमा निर्धारण गरिएको हुनाले आम जनताको मूल न्यायको सरोकार सम्बोधन हुनसकिरहेको छैन र हुँदैन पनि ।

    जतिसुकै थोरै अधिकार भए पनि संघीयतामा केन्द्रीकृत राज्यभन्दा स्वभावैले केही उदार चरित्र हुन्छ नै । नेपालमा अभ्यासरत संघीयता एक त तल सबै अधिकार दिने खालको छैन, अर्को कुरा; यो दलाल पूँजीपतिहरूकै वरपर केन्द्रित छ । फलतः संघीयता मार्फत दिने भनिएको न्याय पनि आम जनताको निम्ति हुँदैन, हुनै सक्दैन । नीति नै हुँदैन भने पहुँचको सवाल त पछिको कुरा भयो । पहुँच भन्दा नीति प्रधान हुन्छ । हाम्रो नीति नै न्यायतिर फर्कन नसक्ने प्रकृतिको छ ।

    आम जनता भनेको अमूर्त अवधारणा होइन । दलाल पूँजीपति बाहेकका नेपालका मानिस आम जनता हुन् । यसमा पनि श्रमजीवी जनसमुदाय बहुसंख्यक छन् । श्रमजीवी भनेको देश वा विदेशमा श्रम नगरेसम्म आफ्नो जीवनको आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने जनता हुन् । उनीहरूमध्ये ८० लाखको आसपासमा देश–विदेश गरिराख्ने जमात छ । बाँकी देशभित्रै छन् । व्यवहारतः मुट्ठीभर मानिसको वरपर सबै चिज केन्द्रित छ ।

    अनलाईनखवरबाट।

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल