सिरहा, ३ जेठ। विद्यालय पोशाक र झोला पाएपछि कर्जन्हाका किशोरीहरु खुसी भएकी छिन्। अनौपचारीक किशोरी शिक्षाको माध्यमबाट यहि शैक्षिकसत्रबाट विद्यालय जानथालेका ५० जना छात्राहरु झोला र विद्यालय पोशाक पाएपछि खुशी भएकी हुन्ु। छात्राहरुलाई हेल्पिङ्ग हर्ट नामक गैरसरकारी संस्थाले झोला र पोशाक सहयोग गरको हो।

नगरपालिकाले विद्यालय जाने उमेरका तर विद्यालय बाहिर रहेका ८ देखि १६ गर्ष उमेरसमूहका दलित तथा अतिविपन्न किशोरीहरुलाई अनौपचारीक शिक्षाको माध्यमबाट पछिल्लो ६ महिनादेखि गाउँमै ट्यूशन कक्षा सञ्चालन गर्दै आएका थिए। पालिकाको ३, ५ र १० नम्वर वडामा ४ वटा केन्द्रमार्फत सञ्चालित ट्यूशन कक्षामा ९१ जना किशोरहरु पढ्दै आएको नगर शिक्षा शाखाकी रेनुका काफ्लेले जानकारी दिइन्। उनीहरुलाई सवै पाएक पर्ने विद्यालयहरुमा कक्षा ३ देखि ८ कक्षासम्म भर्ना गराइएको छ। हाल उनीहरु नियमित विद्यालय जान थालेको काफ्लेले बताइन्।

पछिल्लो एक सातादेखि नियमित विद्यालय जानथालेका उनीहरुलाई विद्यालयले पोशाक लगाएर आउन भनेपछि छात्राहरु विलखबन्धमा परेको ट्यूशन कक्षाकी सहयोगी कार्यकर्ता अप्सरा धमलाले जानकारी दिइन्। उनले भनिन्, ‘हामीले ६ महिनासम्म पढायौं, विद्यालय भर्ना पनि भयो। विद्यालयले पोशाक लाएर आउन भनेपछि उनीहरु समस्यामा परे।’

९१ जनामध्ये ४० जनाका अभिभावकले आफै किनिदिन सक्ने अवस्थाका भएकाले अभिभावकले नै दिएको धमलाले जानकारी दिइन। ‘तर, ५० जनाका अभिभावकले आर्थिक अभावका कारण पोशाक र झोला पनि किन्न सक्ने अवस्थाका नभएकाले हामीले नगरपालिकालाई गुहार्र्यौं’, धमलाले भनीन, ‘नगरपालिाकाले गौससको सहयोगमा विद्यार्थीलाई कापी–किताव बोक्ने झोला र एक सेटका दरले विद्यालय पोशाक उपलब्ध गराएको छ। यसले उनीहरुलाई नियमित विद्यालय जान हौसला मिल्ने छ।’
झोला र पोशाक पाएपछि पाएपछि खुशी हुँदै जनसेवा माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने काजल सदायले खुशी व्यक्त गरिन्। उनले खुशीहुँदै भनिन्, ‘मेरो मनमा कहिले पढ्न पाइन्छ भन्ने लागेको थिएन। म्याडमहरुले गाउँमै ट्यूशन पढाउनु भयो। अहिले विद्यालयमा भर्ना पनि भएकी छु। आज झोला र पोशाक पनि मिल्यो। अव नियमित विद्यालय जान्छु।’
आज कर्जन्हा नगरपालिकाको कृषि तथा पशु शाखाको भवनमा एक कार्यक्रमको आयोजना गरी हेल्पिङ्ग हर्ट नामक गैरसरकारी संस्थाले दलित तथा अति विपन्न परिवारका ५० जना छात्राहरुलाई झोला र विद्यालय पोशाक प्रदान गरेको हो।
वितरण कार्यक्रममा नगरपालिकाका मेयर भोला प्रसाद पोखलेलले सहयोगी संस्थालाई धन्यवाद दिंदै आउँदा दिनहरुमा नगरपालिकाले थप सहयोगगहरु गर्ने र विद्यालय नियमितताको लागि योजना बनाउने प्रतिबद्धता जनाए।
सोही क्रममा नगर उपप्रमुख लक्ष्मी श्रेष्ठले बालिका शिक्षाको लागि नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट प्रयास गरिरहेको जनाउँदै थप आवश्यक सहयोग गर्न तयार रहेको बताइन्। उनले किशोरी शिक्षाले विद्यालय वाहिर रहेका छात्राहरुलाई विद्यालय प्रवेश गराउन सफल भएको बताउँदै विद्यालयमा टिकाई राख्न नगरपालिकाले आश्यक योजना बनाएर बनाउने र कार्यान्वन गर्ने प्रतिबद्धता जनाइन्।
झोला वितरण कार्यक्रममा हेल्पिङ हर्टका अध्यक्ष जियाउद्दिन खानले शवै छात्राहरुलाई नियमित विद्यालय जान आग्रह गर्दै उनीहरुको उचित शिक्षाको लागि संस्थाले आवश्यक शैक्षिक सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाए।






















