सिरहा , ३ जेठ। मिर्चैया प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको कर्जन्हा नगरपालिका ११ बाट प्रहरीले २ सय ७६ किलो गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट खटिएको प्रहरी टोलिले शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयभन्दा करिब ५ सय मिटर पर झाडीमा वेवारिसे अवस्थामा ११ वटा प्लास्टिकका बोरा पोको पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश वहादुर पालले जानकारी दिए।
यस सम्वन्धमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाए।





















