गोलबजार, ३ जेठ। गोलबजार नगरपालिका २ नम्वर वडाको आयोजनामा सम्पन्न ‘दोस्रो २ नम्वर वडा अध्यक्ष अन्तर प्रदेश खुल्ला कराते प्रतियोगिता २०८३’ उपाधी उदयपुरले हात पारेको छ। प्रतियोगितामा २४ वटा स्वर्ण पदक जित्दै उदयपुर कटारीको प्रगति डोजो प्रथम प्रवथम भएको हो।

5a59e295-2d4a-4fe1-a74a-3170d5132e4d

प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै आयोजक गोलबजार टिम दोस्रो भयो भने ७  स्वर्ण पदक हात पर्दौ सालवन्दि डोजो सुनसरी टिम तेस्रो भयो। टिम उपाधि जित्ने टिमले आकर्षक ट्रफिसंगै क्रमशः १७ हजार ५००, १२ हना। ५०० र सात हजार ५०० का दरले नगद पुरस्कारसमेत प्राप्त गरेको आयोकले जानकारी दिए। 

05b77e0f-92ae-4156-b7b8-a00c6b6978c9

६० स्वर्ण पदक, ६० रजता पदक र १२० कास्य पदकको लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट महिला खेलाडी पोर्सिया चौधरी, उत्कृष्ट पुरुष खेलाडी रोशन कालिकोटे भए। प्रतियोगिताको उदयमान महिला खेलाडीको पुरस्कार रबिना परियार र उदयमान पुरुष खेलाडीको पुरस्कार बिबेक यादवले प्राप्त गरे। उदयमान खेलाडीले एक–एक थान माउन्टेन साइकल प्राप्त गर्यो। साइकल सरस्वती मोडेल सेकेन्ड्री स्कुल धनगढीमाई ८ र जीवन बिद्यामन्दिर गोलबजार ९ ले सौजन्य गरेका थिए। 

6fac6fb1-95c7-4d0a-868c-7501a5f92ed5

जेष्ठ १ गतेबाट सचालित प्रतियोगिता नगर प्रमुख श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार बितरण कार्यक्रमको अध्यक्षता २ नम्वर वडा अध्यक्ष सुकदेव सिंह र संचालन वडा सचिव तथा सामाजिक अभियन्ता ओैतारी लामाले गरेका थिए। प्रतियोगितामा ४८० जना खेलाडीको सहभागीता रहेको थियो। प्रतियोगिताको सबै खेल २ नं. वडा कार्यालय परिषर गुरुधाममा भएको थियो।

गोलबजार मेन डोजोको समन्वय तथा भिजन एजेकुशनल एकेडेमी गोलबजार ६,  ट्रिनिटी स्कुल गोलबजार ६ र  हिमालयन पब्लिक स्कुल गोलबजार ६ को सहयोगमा प्रतियोगिता सम्पन्न भएको कराते प्रशिक्षक कसम लामाले जानकारी दिए।

shrijana school 2083