सिरहा, ३ जेठ । सिरहाको पूर्वी दक्षिणी भारतीय सीमा नवराजपुर गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले नेपालबाट भारत तर्फ तस्करी गर्न लागेको ४० लाख रुपैयाँ मूल्य बराबरको ओखर, क्लोजअप टुथपेस्ट, फेरेनलब्लीसहित एक ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले २० लाख मुल्य बरवरको स १ ख ५३५ नम्बरको ट्रक र ट्रकमा रहेको २० लाख मुल्य बरवरको उक्त सामाग्रि शनिवार राति नियन्त्रणमा लिएको हो।
नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी गर्न लागेको आशंकामा ट्रक नियन्त्रणमा लिने क्रममा तस्करहरुले अवरोध खडा गरेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको ट्रक हाल सिरहाको सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहामा राखिएको गणका सूचना अधिकारी सशस्त्र प्रहरीका डीएसपी श्याम बाबु यादवले जानकारी दिए। उनका अनुसार बरामद सामाग्री भगवानपुर १ का आनन्द यादवको रहेको हो।
‘बरामद सामानको यकिन परिमाण तथा मूल्यांकन कार्य भइरहेको छ। अहिले नै सम्पूर्ण विवरण भन्न सकिने अवस्था छैन, अहिले बिहान मात्रै सामानको परिमाण र मूल्यांकन गर्ने कार्य भईरहे छ’, डीएसपी यादवले भने।
बरामद सामाग्री आवश्यक सम्पूर्ण प्रक्रिया पुरागरी भोली सोमबार जिल्ला भन्सार कार्यालय माडरमा बुझाउने प्रहरीको भनाई छ। हाल यस बिषय थप अनुसन्धान भइरहेको डीएसपी यादवले बताए।




















